श्रीमतीसँग मिलेर कामदारको निर्मम हत्या

0
32

म्याग्दीको धवलागिरी गाउँपालिका-५,मल्कवाङमा श्रीमान श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निमर्म हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरी फालेका थिए ।

गत बैशाख २८ गते बेवारिसे शब भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको जल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रुपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अभियुक्त बलबहादुर दम्पत्तीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो।

‘दम्पत्तीले मिलेर हत्या गरेको स्वीकार गरिसकेका छन्, घटनाको थप अनुसन्धान भइरहेको छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।