पुख्यौंली नाचको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले म्याग्दीको धवलागिरि गाउँपालिकामा पुख्र्यौली नृत्य प्रतियोगितामा मुना पुख्र्यौली नाच समुह प्रथम भएको छ ।
गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुख्र्यौली नृत्य प्रतियोगितामा मुदी पुख्र्यौली नाच समुह द्वितीय, खिबाङ पुख्र्यौली नाच समुह तृतिय तथा ताकमको धार्मिक नाच र काफलडाँडा पुख्र्यौली नाच समुह सान्त्वना भएको गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो । मुनाका अध्यक्ष समेत रहनुभएका रोकाका अनुसार प्रतियोगितामा पाँच नाच समुहले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम मुनाले नगद २५ हजार, दोस्रो मुदीले २० हजार, तृतीय खिबाङले १५ र सान्त्वना हुने दुवै समुहले १०÷१० हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो ।मगर तथा छन्त्याल समुदायको मौलिक कला संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसार र नयाँ पुस्तामा कला संस्कृतिको पुस्तान्तरणका लागि आगामी बर्ष पनि निरन्तरता दिने गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
पुरस्कार वितरणमा गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत अर्याल, कार्यपालिका सदस्यहरुले विजेता ,उपविजेता ,तृतिय र सान्त्वना नाच समुहलाई पुरस्कार वितरण गर्नुभएको थियो।