म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

0
5

नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ । आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको हो ।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत पर्ने फापरखेत पहिरो क्षेत्रमा वैकल्पिक सडक र बेलिब्रिज बनाउने प्रक्रिया अगाडी बढेको बताउनुभयो । संघीय भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय मार्फत बेलिब्रिज बनाइने उहाँले बताउनुभयो ।

पश्चिम म्याग्दी मात्र नभई बागलुङ,पुर्वी रुकुम,डोल्पा जोड्ने जिल्लाको मंगला गाउँपालिका–३, पखेर र वडा नम्बर २ स्थित सिमलचौर पुछार जोड्ने म्याग्दी नदिमाथि बेलिब्रिज तथा सडक निर्माणका लागि लामो समयदेखि आफुले दौडधुप गरिरहेको बताउँदै छिट्टै बेलिब्रिज बनाउने गरी प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

‘‘वर्षौदेखिको समस्या समाधान गर्न बेलीब्रिज बनाउन प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्युले सहयोग गरिरहनुभएको छ । लामो समय दौडधुप गरेपछि संघीय सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले पनि बेलीब्रिज बनाउनको लागि प्रक्रिया अगाडी बढाएको छ ,’’ नेपाली कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले भन्नुभयो । उहाँले आफ्नो पहलमा जिल्लामा बेनी बजार चक्रपथ ,तातोपानी बजार संरक्षण ,बृहत खानेपानी लगायत ठुला विकास आयोजनाहरु भित्रिएको स्मरण गराउँदै आफ्नो कार्यकालमा थप विकास बजेट भित्र्याउने पहल भइरहेको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ , उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारीले बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिका परिसरदेखि संगमचोक स्थित पार्टी कार्यालय सम्म नेता तथाकार्यकर्ता ,शुभेच्छुक लगायतले बाजागाजा ,¥याली सहित भव्य स्वागत गरेका थिए । पार्टी कार्यालयमा नेपाली कांग्रेस म्याग्दीको तर्फबाट बधाई सहितको सम्मानपत्र समेत प्रदान गरिएको थियो । पार्टी जिल्ला सचिव हिराबहादुर पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।