म्याग्दी जेसीज सप्ताह सुरू

0
14

यूवाहरूको नेतृत्व तथा ब्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि जेसीज सप्ताह सुरू भएको छ ।

जेसीज सप्ताहको पहिलो दिन आयोजित अन्तर विद्यालय निवन्ध प्रतियोगितामा १० विद्यालयबाट सहभागिता रहेको थियो । बेनी नगरपालिका–७ अवस्थित जेसिजको सचिवालयमा बेनी नगरपालिकाका प्रबक्ता एवम् सिनेटर रमेशकुमार श्रेष्ठको सप्ताहको उद्घाटन गदैं समाजका युवाहरुको एकता र सहकार्यसँगै हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने गरी जेसीज सप्ताहमा समावेश गरिएका कार्यक्रमहरुको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा नेपाल जेसीजका उपाध्यक्ष सन्दिप खत्रीले रचनात्मक कार्यबाट युवाहरुलाई आर्कषित र क्षमतावान बनाउनुपर्नेमा बताउनुभयो । शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीको अध्यक्षता, स्वागत मुल संयोजक सञ्जन श्रेष्ठ र सञ्चालन महासचिव देबेन्द्र घिमिरेले गर्नुभएको थियो ।