एउटै आलुको तौल आधा किलो!

0
11

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार स्वाँतबाट लगेको आलुको बिउ बाट जलजला गाउँपालिकामा एउटै आलु ५ सय ग्रामको फलेको छ । जलजला गाउँपालिका–७ माथिल्लो धाइरिङस्थित धारापानी साहुटोलका कृषक रामु आचार्यले आधा केजीको आलु फलाउनु्भएको हो । यसपाली आलु राम्रो फलेकोमा आचार्य निकै उत्साहित हुनुहुन्छ ।

‘पहिलो पटक लाहुरो जातको आलु ल्याएर एक रोपनी जमिनमा रोपेको थिएँ’, आचार्यले भन्नुभयो । ‘धेरै आलुहरु ३÷४ सय ग्रामका फलेका छन् । यो वर्ष सोचे भन्दा बढी आलु उत्पादन हुने भयो ।’आलु सँगै काउली, टमाटर, बन्दा लगायतका मौसमी तरकारी खेती समेत गर्नुहुन्छ ।

गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले सामाजिक सञ्जालमा राखेपछि आलुले चर्चा पाएको हो । ‘सेतो आलु हो। हेर्दा नास्पतीजस्तै देखिन्छ । खाँदा पनि मिठो छ । यो आलुको चिप्स बनाउन निकै राम्रो हुन्छ।

जलजला गाउँपालिकाका सूचना अधिकारी एवं धाइरिङका स्थानीय समेत रहेका भेषनाथ आचार्यले एक सय रोपनीजती जमिनमा पहिलो पटक लाहुरे जातको आलुको बिउ लगाइएको छ । एक दुई जना किसानको बारीमा फलेको आलु हेर्दा उत्पादन राम्रै हुने देखिएको छ । धाइरिङ आलु र क्राँक्राको बिउको लागि पनि प्रख्यात छ ।