मंगला शिक्षा क्याम्पसको वातावरणमैत्री ‘डोको डस्टबिन’

म्याग्दीको मंगला गाउँपालिका-२,लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापनको जनचेतना मुलक अभियानसँगै आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि गाउँमा पाइने बाँस तथा निगालोबाट चोया निकालेर डोको बुनेर ३० वटा ‘डोको डस्टबिन’ वितरण गरिएको हो ।

oplus_2

विश्वविद्यालय अनुदान आयोगको समता आधारित अनुदान कार्यक्रम अन्तर्गत फोहोरमैलाको ब्यवस्थापन कार्यक्रममार्फत विद्यार्थी, समुदाय तथा डस्टबिन राखिएको स्थानका स्थानीयलाई समेत संरक्षण तथा प्रयोगका बारेमा जानकारी गराइएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताउनुभयो ।

oplus_2

मगला शिक्षा क्याम्पसको सञ्चालक समितिका अध्यक्ष याम बहादुर थापाले प्लास्टिकजन्य वस्तु प्रयोगलाई निरुत्साहित गर्ने अभियान अन्तरगत पहिलो चरणमा ३८ वटा डस्बिन वितरण गरिएको थियो ।

oplus_2

उक्त डस्बिनको प्रयोगसँगै कमजोरीलाई दोस्रो चरणको कार्यक्रमले समेटेको बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालाबाट बनेका डोकाहरुलाई डस्टबीनको रुपमा प्रयोग गरिएको छ । स्थानीयस्तरमा डोको बनाउन प्रोत्साहन, विद्यार्थीलाई समेत सीप हस्तान्तरणका लागि समेत पहल भइरहेको अध्यक्ष थापाको भनाई छ ।

oplus_34

डस्बिन वितरणसँगै क्याम्पसदेखि बाबियाचौर बजार सरसफाईमा क्याम्पसको समानार्थक संरक्षक तथा मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष यशुदा रोका, सञ्चालक समिति कलदेवी  जिसी, गणेश बहादुर ठकुरी,दलबहादुर घर्ती क्षेत्री,बिना भण्डारी, क्याम्पसका कर्मचारी, स्वतन्त्र विद्यार्थी यूनियनका पदाधिकारी सहित विद्यार्थी र स्थानीयबासीको सहभागिता रहेको थियो ।

oplus_34

हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमै नफाल्ने गरी समुदायस्तरमा सचेतनामुलक अभियानलाई निरन्तरता दिन स्थानीयबासीले अनुरोध गरेका छन् । डोको डस्बिनमा फोहोर संकलन गर्ने डोको वितरणसँगै अब कुहिने र नकुहिने फोहोर बर्गिकरण सहित राखिने छ । बावियाचौर र लाम्पाटामा प्रयोग हुने ‘डोको डस्टबिन’ पालिकाभित्रै बनाइएको मंगला शिक्षा क्याम्पसले जनाएको छ।

oplus_34