राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल विक सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङका विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक प्रखरदीप गुप्ताले जानकारी दिनुभयो ।
अध्यक्ष विक स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दी बहुमुखी क्याम्पसका सदस्य एवम् म्याग्दीमा अपाङ्ताको क्षेत्रमा सक्रिय यूवा हुनुहुन्छ । अपाङ संघ म्याग्दीको सहसचिव विकले विभिन्न क्षेत्रमा पुगेर अपाङ्ता भएकाहरुको क्षमता विकास सहितका कार्यहरुमा समेत सक्रियता देखाउनुहुन्छ ।राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको उपाध्यक्षमा तनहुँका केशवी सिग्देल, महासचिवमा कास्कीका राजेश बुढा मगर, सचिवमा म्याग्दीका भस्कर कुमाई र कोषाध्यक्षमा म्याग्दीका ममसरा सुनार सर्वसम्मत हुनुभएको छ ।
सदस्यहरुमा गोरखाका प्रमिला बस्नेत, स्याङ्जाका लेखनाथ ढकाल, बागलुङका जीवन सुनार र म्याग्दीका भरदेवी विक रहनुभएको छ ।राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)ले लुम्बिनीपछि गण्डकीमा समिति गठन गरेको हो । राष्ट्रिय अपाङ्ग अलविनो नेपाल (बाँके)का निर्देशक प्रखरदीप गुप्ताले अलविनो एक प्रकारको अपाङ्गता भएको बताउनुभयो ।
‘अलविनो एक प्रकारको अपाङ्गता हो, शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलविनो भनिन्छ’, निर्देशक गुप्ताले भन्नुभयो । ‘अलविनो भएका अपाङ्गतालाई सरकारले सन्सक्रिम र मलम निशुल्क रुपमा दिनुपर्छ ।’