निर्वाचनबाट समृद्धि घर्ती सर्कल अध्यक्षमा निर्वाचित भएकी छन् भने उपाध्यक्षमा रोनिस पुन चयन भएका छन्। त्यस्तै, सचिवमा आरुसी पुन, सह-सचिव लबिस पुन, कोषाध्यक्षमा युमी श्रेष्ठ र सह-कोषाध्यक्षमा तेन्जिङ बहादुर लामा निर्वाचित भएका छन्।
सदस्यहरूमा आयुष मगर, दिवान पुन, सुशील पुन, रिया सेर्पुजा, संरचना भण्डारी, सञ्जना कार्की, स्पर्श पुन, काव्यश्री बानियाँ र बिपिन घर्ती रहेका छन्।

यसैक्रममा, शिक्षक नायकका रूपमा निरुता बुढाथोकीलाई नियुक्त गरिएको विद्यालयले जनाएको छ। मतदानका लागि नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखासँग समन्वय गरी निर्वाचन आयोगबाट मतपेटिका समेत ल्याइएको थियो।
कक्षा ६ देखि १२ सम्मका ७ सय ६५ जना सदस्य विद्यार्थीहरूमध्ये ७ सय ३८ जनाले मतदान गरेका थिए। छात्रातर्फ ४१ उम्मेदवारमध्ये सर्वाधिक २९६ मत प्राप्त गर्दै दिवान पुन निर्वाचित भए भने छात्रातर्फ ३५ उम्मेदवारहरूमध्ये युमी श्रेष्ठले सबैभन्दा धेरै २३७ मत प्राप्त गरेकी छन्।

निर्वाचन प्रक्रियामा विद्यालयका शिक्षक प्रमोद शर्मा, ईश्वर सेन्चुरी, आशा रोका, जीवन पुर्जा, सुमन पौडेल, रन्जन रोका र सन्दीप श्रेष्ठले महत्वपूर्ण भूमिका निभाएका थिए। त्यस्तै, पूर्व शिक्षक नायक सुदीप श्रेष्ठ र भाइस प्रिन्सिपल सरोज लकान्द्रीले निर्वाचन संयोजनमा विशेष भूमिका निर्वाह गरेका थिए। प्रमुख डी.बी. दाहालले सम्पूर्ण मतदान कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्नुभएको थियो।

नवनिर्वाचित कार्यसमिति र शिक्षक नायकको नेतृत्वमा युवा रेडक्रस सर्कलले मानवीय सेवा तथा सामाजिक कार्यमा अझ सक्रिय हुने अपेक्षा गरिएको छ। विद्यालयको सर्कल नेपाल रेडक्रस सोसाइटी, म्याग्दी शाखाबाट दुई पटकसम्म उत्कृष्ट सर्कलको रूपमा पुरस्कृत भइसकेको छ।

तस्विर : वेस्ट पोइन्ट मिडिया हब











