मोना कुवेतको अध्यक्षमा पुनः दिपक छन्त्याल

म्याग्दी प्रवासी नेपाली संघ मोना कुवेतको अध्यक्षमा दिपक छन्त्याल चयन हुनुभएको छ । शुक्रबार कुवेत स्थित मंगाफको डिलाईट हलमा सम्पन्न मोना कुवेतको चौँथो अधिवेशनबाट मंगला गाउँपालिका ५ अर्मन नेटा निवासी छन्त्यालको अध्यक्षता नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । छन्त्यालले यो संगै दोस्रो पटक नेतृत्व सम्हाल्नुभएको हो ।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा निर्मला पुन, प्रमथ उपाध्यक्षमा गंगाधर गौतम, द्वितिय उपाध्यक्षमा विमल पुन मगर, तृतिय उपाध्यक्षमा चुन बहादुर रोका, महिला उपाध्यक्षमा गौदेवी फगामी, महासचिवमा सुवास सापकोटा चयन हुनुभएको छ । संस्थाको सचिवमा चोकेन पुन मगर, सहसचिवमा राजेश रोका, उपसचिवमा कविता वराईली, प्रवक्तामा सविन खत्री र कोषाध्यक्षमा तार्जन पुन र सहकोषाध्यक्षमा चिविन घर्ति चयन हुनुभएको निर्वाचन समितिका संयोजक मान बहादुर फगामीले जानकारी दिनुभयो । त्यस्तै युवा संयोजकमा बलराज घर्ति, भलिबल म्यानेजरमा मान बहादुर सुनार रहनुभएको छ ।

कार्य समिति सदस्यहरुमा सितादेवी खड्का, गोकुल वुढाथोकी, पारस फगामी, श्यामलाल परियार, राम बहादुर विश्वकर्मा, गीता वराईली, तुल बहादुर खत्री, ओमकार पुन, सूर्य पर्टेल र मिन बहादुर घर्ति चयन हुनुभएको छ । मोना कुवेतको प्रमुख संरक्षक मान बहादुर फगामी, संरक्षक नन्द वरुवाल, प्रमुख सल्लाहकार तेजेन्द्र श्रेष्ठ र सल्लाहकारमा चन्द्र गोतामे, मनदेवी गुरुङ रहनुभएको छ ।

अधिवेशनको नेपाली राजदुतावास कुवेतका प्रथम सचिव सुजन विडारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल, नेपाल मगर संघ कुवेतका अध्यक्ष जय आले मगर लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालको अध्यक्षता, द्वितिय उपाध्यक्ष बाबुराम गौतमको स्वागत र महासचिव बिमल पुन मगरको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान तथा साँस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरिएको थियो ।