मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको अध्यक्षमा म्याग्दीका गर्बुजा

मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरको हालै सम्पन्न ५औं अधिवेशनबाट म्याग्दीका रत्नसिंङ गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ ।
२०२५–२०२७ कार्यकालको लागि अधिवेशनले गर्बुजाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा टेक मिलन पुन,उपाध्यक्षमा गगन थापा मगर,महिला उपाध्यक्षमा प्रेमा घर्ती मगर,सचिवमा दिलिप कुमार श्रीष,सहसचिवमा माया पुन र दिपेन्द्र आले मगर,कोषाध्यक्षमा निरोज पुलामी मगर र सहकोषाध्यक्षमा स्मृति बुढा मगर चयन हुनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा सन पुन पुगर,किरण बुढा मगर,युवराज घर्ती मगर,सिरु पुन मगर,सुरेश पुन मगर र याम पुन मगर रहनुभएको छ ।