फ्रान्स नेपालको बलियो मित्रता स्थापीत ग¥यो अन्नपूर्णले : प्रधानमन्त्री

अन्नपूर्ण हिमालको पहिलो पटक सफल आरोहणले नेपाल र फ्रान्स बीच बिलयो मित्रता स्थापीत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।
अन्नपूर्ण हिरक महोत्सवमा बोल्दै उहाँले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको त छ नै त्यसमाथि पनि फ्रान्स र नेपाल बीचको मित्रतालाई अझै धेरै बलियो बनाएको बताउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवमा अन्नपूर्ण प्रथम हिमाल आरोहणले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाएको बताउनु भएको थियो । अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण गरेर मौरिस हर्जोगलगायतका नेपाली पर्वतारोहीले बहादुरी प्रदर्शन गरेर हिमाल आरोहणको ढोका खोलेको उहाँको भनाइ थियो । सामान्य प्रविधि पनि नभएको अवस्थामा जे छ त्यसैको प्रयोग गरेर यति अग्लो हिमाल चड्नु सामान्य थिएन । तर अर्जोगले जुन उत्साह र मेहनतले सफल आरोहण गर्नुभयो त्यसले विश्वमा नेपाल चिनाउने काम त गरेको छ नै त्यसभन्दा पनि माथि हाम्रो मित्रतालाई पुगाएको छ । अन्नपूर्ण हिमालको पहिलो आरोहीलाई हामी सधै उच्च सम्मान गर्छौं ।
सरकारले पर्वतारोहणलाई सुरक्षित बनाउन आधार शिविरलगायतका क्षेत्रहरुमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको र तत्कालीन मौरिस हर्जोगले आरोहण गरेको क्षेत्रमा नै अन्नपूर्ण हीरक महोत्सवको आयोजनाले पर्वतारोहण र पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्रीको भनाई थियो ।
अन्नपूर्ण रेन्जमा थुप्रै हिमाल र आकर्षक पर्यटकीय गन्तब्यहरु भएकोले यस क्षेत्रमा रहेका सुन्दर हिमालहरु, झरना र पर्यटकीय स्थलहरुले राष्ट्रिय उन्नतिमा टेवा पु¥याएको उहाँले तर्कगर्नुभयो ।
निजी क्षेत्रले पनि देश विकासमा महत्वपूर्ण योगदान दिएको बताउँदै प्रधानमन्त्री ओलीले यस क्षेत्रमा सुरुङ मार्ग, केवलकार, जलविद्युतको विकास र धार्मिक पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न सकिने बताउनुभयो । मुक्तिनाथ, दामोदर कुण्ड र लोमान्थाङ पर्यटकीयस्थलहरु भएकाले यसको विकास गरेर थप पर्यटन मुलुकभित्र बोलाउन सकिने भएकोले सरकारले कालिगण्डकी कोरिडोर सडकको स्तरोन्नति र कोरला नाकामा पूर्वाधार निर्माणलाई जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डले पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताउनुभयो । नेपालको पर्वतारोहण र पर्यटन विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने तथा अब चाँडै नै आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोहीलाई सरकारले सहयोग गर्ने बताउनुभयो । साथै उहाँले मौरीस हर्जोजले पैदल मार्ग हुँदै आएर लामो यात्रा सँगै हिमाल पनि आरोहण गरेको भुल्न नहुने बताउनुभयो ।
पर्यटन क्षेत्रको विकास गरेर मुलुकको अर्थतन्त्र उठाउँछौं, पाहुनालाई स्वागत, सत्कार गर्ने संस्कृति र संस्कार हामीसँग मात्र छ । हिमालको सुन्दरतालाई विश्वभर प्रचार गरेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ मन्त्री पाण्डेले भन्नुभयो ।
उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वभर प्रचार गरेको बताउनुभयो । हर्जोगले नेपालको पर्यटन विकास र प्रचारमा निकै ठूलो योगदान दिएकोले उहाँलाई नेपालीले कहिल्यै नभुल्ने तर्क गर्नुभएको थियो ।
आजभन्दा ७५ वर्षअघि जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो । हर्जोगसँगै लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको युगको सुरुवात भएको थियो । आरोहण पश्चात हर्जोगले नेपाली शेर्पाहरु नभएको भए हिमाल आरोहण गर्नै नसक्ने र जिवित फर्कन पनि आफू सक्ने आसा नरहेको पुस्तकमै लेख्नु भएको थियो । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मई २९ तारिखमा सर्वोच्च शिखर सगरमाथामा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र विदेशी सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान बनाउनु भएको थियो । तर आठ हजार मिटर भन्दा माथिका चुचुरामा मानव पाइला टेक्न भने अन्नपूर्णबाटै शुरुआत भएको हो ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, टान गण्डकी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि हीरक महोत्सव सुरु भएर मंगलबार सकिएको हो । ओझेलमा परेको यस क्षेत्रमा यस पटक अन्नपूर्ण हीरक महोत्सवले यस क्षेत्रका पर्यटनकर्मी र स्थानीयवासीलाई उत्साहित बनाएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले भन्नुभयो आरोहण गरेको ७५ वर्ष पछि मात्रै अन्नपूर्ण हिमालको आफ्नो ठाउँमा उत्सव मनाउन पाउनु पनि धेरै खुशी मान्नु पर्ने अवस्था रहेको बताउनु भएको थियो ।