आर्चरीमा म्याग्दीका पुन र आचार्य गण्डकी प्रदेशबाट छनौट

दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशबाट म्याग्दीको माालिका गाउँपालिका वडा नं ६ का दुई खेलाडी छनोट हुनुभएको छ । प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौट खेलमा म्याग्दी जिल्लाबाट सहभागी हुनुभएका मालिका गापा दुखुका अम्रिस पुन गण्डकी प्रदेशबाट सर्वाधिक हाइ–र्याङ्किङ्ग अंक प्राप्त गरी पहिलो नम्बरमा छनोट हुनुभएको छ ।

दिच्यामका नगेन्द्र आर्चायले समेत उत्कृष्ट खेल प्रर्दशन गदैं राष्ट्रि«य प्रतियोगिताका लागि छनौट भएको जिल्ला खेलकुद विकास समितिका सचिव कुमार किसानले जानकारी दिनुभयो । यसअगाडी समेत आर्चरीमा म्याग्दीले प्रदेश तथा राष्ट्रि«यस्तरका खेलमा उत्कृष्ट प्रर्दशन सहित पदक जितेको थियो । म्याग्दीले आर्चरी, मार्सल आर्ट, भलिबल, बास्कटबलमा प्रदेशस्तरमा उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेको छ ।