---Advertisement---

भारत सरकारले दियो बेनी अस्पताललाई एम्बुलेन्स

On: June 14, 2025 11:56 AM
Follow Us:


बेनी अस्पताललाई भारत सरकारले एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिबार पेन्सन कार्यालय पोखरामा आयोजित एक कार्यक्रममा प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले जिसस कार्यवबाहक प्रमुख एवम् अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष दिलकुमारी खत्री, अस्पताल प्रमुख डा. रविरञ्जन प्रधानलाई चाबी हस्तान्तरण गर्नुभएको हो। नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त एम्बुलेन्सले बिरामीलाई सहज हुने अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष खत्रीले बताउनुभयो । बेनी अस्पतालका बा.२ झ ३१०१ नम्बरको एम्बुलेन्स पछिल्लो १४ महिनादेखि बिग्रेर थन्किएको थियो ।

एम्बुलेन्स नयाँ ल्याउन हालै पनि टेन्डर आह्वान गरिएको थियो तर कसैले पनि टेन्डर नहाल्दा रोकिएको थियो । एम्बुलेन्स खरिदका लागि ३० देखि ३५ लाख रुपियाँ भएकाले त्यसमा मिल्ने गरी टेन्डर खुलाउँदा कतैबाट पनि टेन्डर नपरेपछि समस्या भएको अवस्थामा भारत सरकारले नयाँ एम्बुलेन्स दिएपछि सहज भएको अस्पतालले जनाएको छ । ग्रामिण क्षेत्रबाट बिरामी ल्याउन र रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समेत सहज हुने अस्पताल प्रमुख डा. प्रधानको भनाई छ ।