डल्ले खुर्सानीलाई १० लाख बजेट

बागलुङको बरेङ गाउँपालिकाले स्थानीय डल्ले खुर्सानी र बेसार उत्पादन, प्रशोधन तथा बजारीकरण परियोजना व्यवस्थापनका लागि दश लाख विनियोजन गरेको छ । आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष दिलिपकुमार पुनले डल्ले खुर्सानी र बेसारको प्रशोधनका लागि बजेट बिनियोजन गरेको जानकारी गराए ।

गाउँपालिकाले स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले डल्ले खुर्सानी र बेसारलाई प्राथमिकतामा राखेको हो । यहाँका सबै वडामा दुवै मसलेबाली उत्पादन हुन्छ । बजारमा माग र मुल्य दुवै राम्रो रहेको डल्ले खुसार्नी र बेसारमा बरेङले ध्यान दिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए ।

गाउँपालिकाले “बरेङको सान, आन्तरिक पर्यटन” को नारासहित गाउँपालिकाभित्र रहेका पर्यटकीय सम्भावनाका स्थानहरूमा पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवर्धन कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छ । कृषिमा प्रविधि बरेङमा समृद्धिको नारालाई सार्थक तुल्याउन साझेदार निकायसँगको साझेदारीमा सञ्चालित “साना किसानसँग बरेङ” कार्यक्रमका लागि ८० लाख बजेट छ । “घरमै गरौँ च्याउ खेती आत्मनिर्भर बनौँ अबदेखि“, “आफ्नै बारी, आफ्नै तरकारी, आत्मनिर्भर बरेङ हाम्रो जिम्मेवारी” जस्ता कार्यक्रम गाउँपालिकाले सार्वजनिक गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ९० लाख ४० हजार ८ सय २८ रुपैयाँको बजेट ल्याएको छ ।

Previous articleएसईईको नतिजा असार तेस्रो सातासम्म प्रकाशित गर्ने तयारी
Next articleकरेन्ट लागेर मुगुमा दश खच्चर मरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here