मंगला गाउँपालिकाको बजेट साढे ४४ करोड प्रस्तुत

मंगला गाउँपालिकाको आर्थिक वर्ष २०८२÷२०८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभामा ४४ करोड ६१ लाखको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम तथा उपाध्यक्ष प्रेमकुमारी खत्री(क्षत्री)ले आगामी आर्थिक वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार चार सय ५१ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । उहाँले चालु खर्च तर्फ ३१ करोड ३३ लाख २० हजार चार सय ५१ र पुँजीगत तर्फ १३ करोड २७ लाख ३६ हजार बजेट प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम पारित भै सकेपछि बजेट प्रस्तुत गरीएको र बजेटमाथि छलफल जारी रहेको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा कार्यक्रमलाई सबै घरपरिवारमा लागु गरी आर्थिक अवस्था कमजोर भएका परिवार र ग बर्गको अपाङ्गता भएका व्यिक्तको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने उल्लेख छ । त्यस्तै मातृ स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न अनिवार्य रुपमा गर्भावस्था र प्रशुती पश्चात स्वास्थ्य जाँच गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण मिलाउने जनाइएको छ ।

जेष्ठ नागरिकलाई आफ्नै घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि वित्तीय संस्था सँगको सहकार्यमा कार्य गर्ने छ । गाउँपालिकामा असंगठित तथा अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सूचिकृत गरी योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराउँदै लैजाने नीति लिएको अध्यक्ष रोकाले बताउनुभयो । मजदुरहरुको सामाजिक सुरक्षाको प्रत्याभुतिका लागि श्रम डेस्क सञ्चालन साथै सामुहिक दुर्घटना विमाको समेत गाउँपालिकाले व्यवस्था गर्ने भएको छ ।

Previous articleलायन्स क्लवले ज्ञानोदय माविका विद्यार्थीलाई सहयोग
Next articleसेमिफाइनलमा प्रवेश : म्याग्दी, बागलुङ, तनहुँ र स्याङ्जा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here