म्याग्दीको मङ्गला गाउँपालिकाले विभिन्न विधामा पाँच जना कृषकलाई सम्मान गरेको छ । आइतबार गाउँपालिकामा आयोजित २२ औ राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको कार्यक्रममा व्यवसायिक मौरीपालन तर्फ कुहुँका गोविन्द खत्री, मिश्रित खेतीमा तोराखेतका बिनोद भट्टचन, फलफुल नर्सरीमा बरंजाका रेशम बुढाथोकी, बंगुरपालनमा बिमल सापकोटा, बरंजाका गंगामाया थापालाई नगद १० हजार, दोसल्लासहित सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

कृषि र पशुपालनमा गाउँपालिकालाई आत्मनिर्भर सहित नमुना कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले सम्मान कार्यक्रम आयोजना गरिएकोगाउँपालिकाका कृषि प्राविधिक जगत बानियाले बताउनुभयो ।

सम्मानित हुने कृषकलाई अध्यक्ष सतप्रसाद रोका, प्रबक्ता एवम् वडा नं.१ का अध्यक्ष एकजित रोका, कृषि शाखाका प्रमुख बिमल रोकामगरले सम्मान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष रोकाले सम्मानित हुने कृषकले आफ्नो क्षेत्रमा लोभलाग्दो प्रगति गरेको बताउँदै उहाँहरुबाट सिकेर समेत धेरै सफलता प्राप्त गर्न सकिने बताउनुभयो । गाउँपालिका अध्यक्ष रोकाले किसानलाई लक्षित गरी कृषिमा आधारित अनुदान सहित प्रोत्साहनका कार्यक्रमहरुलाई निरन्तर प्राथमिकता दिने बताउनुभयो ।