अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दीमा रास्वपाको हस्ताक्षर संकलन अभियान

On: June 30, 2025 8:58 PM
Follow Us:
---Advertisement---

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीले पार्टीका सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध तीनदिन देखि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐक्यबद्धता डेस्क स्थापना गर्दै हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ ।


बेनी नगरपालिका वडा नं ८ न्युरोडस्थित मुक्तिनाथ अपसेट प्रेस, बेनी नगरपालिका वडा नं ७ बिरेन्द्रचोकमा राखिएको डेक्समा १९ सयभन्दा बढीले हस्ताक्षर गरी अभियानमा प्रतिबद्धता जनाएको जिल्ला सभापति यूवराज रोकाले बताउनुभयो ।

सभापति रोकाका अनुसार अभियानमा सर्वसाधारण देखि अन्य राजनीतिक दलका कार्यकर्ताले समेत राजनीतिक प्रतिशोधको गन्ध देखिएको भन्दै अभियानलाई साथ दिएका छन् ।

सहकारी ठगी मुद्दामा हाल पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै सहरदेखि ग्रामिण क्षेत्रसम्म जनताको हस्ताक्षर संकलन अभियान सञ्चालन गरिने सभापति रोकाको भनाई छ ।


पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा सडकदेखि सदनसम्मको आन्दोलन गरिरहेको रासपाले देशमा सुशासन नभएको बेला पार्टीका सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेकोले यो अभियान नरोकिने र थप नयाँ आन्दोलनका कार्यक्रमहरु समेत सञ्चालन गर्ने सचिव राजाराम बरुवालले बताउनुभयो ।

सरकारले सभापति प्रतिशोधपूर्ण व्यवहारविरुद्धको आन्दोलनमा जनताको साथबाट उत्साहित भएको सचिब बरुवालको भनाई छ । म्याग्दीका केन्द्रिय अभियान तथा सदस्यता विस्तारलाई तिब्रता दिएको सचिव बरुवालले बताउनुभयो ।

Leave a Comment