अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी समाज न्युर्योकमा आवद्ध हुन म्याग्देलीलाई अनुरोध

By रामचन्द्र सापकोटा
On: June 30, 2025 9:45 PM
Follow Us:
---Advertisement---

अमेरिकाको न्यूर्योकमा रहेका म्याग्देलीलाई म्याग्दी समाजमा आबद्ध हुन अनुरोध गरिएको छ । म्याग्दी समाज न्युर्योक अमेरिकाले म्याग्देली बिचको एकता र सहकार्यसँगै जन्मभूमी र कर्मभूमीमा रचनात्मक कार्यका लागि न्युर्योगमा बसोबास गर्ने म्याग्देलीलाई गोलबद्ध हुन अपिल गरेको छ ।

म्याग्दी समाज न्युर्योकले विगतको वर्षहरुमा झै यस बर्ष पनि भेटघाट दुखसुख साटासाट तथा विविध कार्यक्रम गरी मनाएको समर पिकनिकमा करिब ५ सयभन्दा धेरैको उपस्थिती रहेको थियो ।


समर पिकनिक सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरु, नव आगन्तुक म्याग्देली परिवारलाई स्वागत, सदस्यता वितरण गरिएको थियो ।

सोही अवसरमा महिला लठो प्रतियोगितामा प्रथम हुने सल्लाहकार प्रेमा घर्ती मगरको समुह, छेलो प्रतियोगितामा प्रथम हुने बरंजाका कृष्ण रोका र द्धितीय देविस्थानका खगेन्द्र पुनलाई प्रमाण पत्र र नगद पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष तिर्थ घर्ती मगर को अध्यक्षता बरिष्ठ उपाध्यक्ष सोम बुढाथोकीको स्वगत र महासचिव चक बहादुर पाईजाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मगर संघ अमेरीका केन्द्र का अध्यक्ष याम पुन मगरले म्याग्देलीलाई एकजुट बनाउन संस्थाको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा समाजमा अध्यक्ष घर्ती मगरले कार्यक्रमको सफलताका लागि आर्थिक,भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदैं आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । समाजमार्फत म्याग्दीमा शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवामा सहयोग हुने गरेको छ ।

रामचन्द्र सापकोटा

Leave a Comment