अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

मालिका र तमानखोलाको सिमा विवाद समाधान, सहकार्य गरी पर्यटकीयस्थल बनाउने प्रतिबद्धता

On: June 30, 2025 10:07 PM
Follow Us:
---Advertisement---

पश्चिम म्याग्दीको मालिका गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिकाको सिमाना पर्ने शोले डाँडाको विषयमा भएको बिबाद समाधान भएको छ । बेनीमा असार १६ गते सोमबार बसेको दुवै जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा समिति प्रमुखहरुको संयुक्त बैठकले समाधान निकालेको हो ।

यस अघि असार ५ गते बसेको बैठकले नापी विभागको राय लिएर पुनः बैठक बसी समाधान खोज्ने निचोड निकालेकोमा यस पटकको बैठक पछि सहमति भएको जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

दुई जिल्लाको सिमाना पर्ने शोलेमा दिर्घकालिन समाधानका लागि विज्ञ टोली गठन गरी सिमाना यकिन गरिदिनका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै शोलेमा तमानखोला र मालिका गाउँपालिकाले आपसी समझादरी एवम् सहमति कायम गरेर मात्र प्रचलित कानून अनुसार संरचनाहरु निर्माण गर्ने गरी दुई वटा निर्णय भएको छ ।

बैठकमा सिमा क्षेत्रमा विवाद नगरी सहकार्यबाट नै काम गर्न सकिने भएकाले सहमतिबाटै अगाडी बढ्नुपर्ने गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धारणा राख्नु भएको थियो।


बागलुङ र म्याग्दीको सिमाना क्षेत्र अन्तरगत पर्ने शोले डाँडामा मालिका गाउँपालिका भित्र आएर बागलुङ तर्फबाट अनधिकृत प्रयोग गर्ने र शोलेको वन क्षेत्रमा भौतिक पूर्वाधार समेत निर्माण गरेको भन्दै म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनु भएको थियो ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले तमानखोलाका बासिन्दाले परापूर्व कालदेखि नै प्रयोग गर्दै राज्यलाई तिर्ने तिरो तिर्ने लगायतको काम गरेकोले त्यो क्षेत्र आफ्नो क्षेत्राधिकार भित्र पर्ने तर्क गर्नुभएको थियो । सिमानामा पटकपटकको विवादपछि चरणबद्ध रुपमा भएका छलफलबाट सहमति निस्किएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाले बताउनुभयो।

सिमा क्षेत्रमा देखिएको समस्या समाधानका लागि राज्यका निकायहरुको सक्रियता तथा जनप्रतिनिधिको सहकार्यमैत्री भावनाले अहिललेलाई विवाद समाधान भएको छ । समन्वय बैठकमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नापी तथा मालपोत र वन कार्यालयका प्रमुख प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Leave a Comment