अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

By रासस
On: July 2, 2025 1:09 PM
Follow Us:

सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यसपालिको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।

बोर्डका अनुसार भारतबाट ३२ हजार छ सय ६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार छ सय छ, चीनबाट छ हजार सात सय ३६, बङ्गलादेशबाट पाँच हजार चार सय ४९ र बेलायतबाट दुई हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

रासस

Leave a Comment