अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

‘नगरबासीको सूचना लिन र सुविधा दिन सजिलो भएको छ’

On: July 2, 2025 1:42 PM
Follow Us:

बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीले नगरबासीलाई सेवासुविधा वितरणमा सहज भएको छ । यूएनडिपी नेपालले १६ लाख, बेनी नगरपालिकाले ८ लाखले स्वंयमसेवकमार्फत घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी बेनपा वडा नं ८ बाट शुभारम्भ गरिएको थियो । यसका लागि वडाले समेत नियमित तथा प्रभावकारी देखिएपछि आन्तरिक बजेटमार्फत समेत सम्बोधन गरेको छ । यसै बिषयमा हरिकृष्ण गौतमले नगर प्रमुख सुरत केसीसँग गरेको कुराकानी
क्युआर कोड सहितको डिजिटल घर नम्बर प्रणाली कसरी अगाडी बढिरहेको छ ?
सवप्रथम, यो अवसरका लागि बेनी साप्ताहिकलाई धन्यबाद । वेनी नगरपालिकामा क्युआर कोड सहितको डिजिटल घर तम्वर प्रणाली एक आधुनिक, प्रविधि मैत्री सुचना प्रणालीका रुपमा अगाडि वढाइएको छ । यस प्रणालीले घरघरमा युनिक नम्वर टास्ने मात्र नभई क्युआर कोर्ड पनि समावेश गरेर डिजिटल पहुँचलाई सरल, छिटो, छरितो र पारदर्शि बनाइएको छ । हरेक नगरबासीे यो सेवाबाट निकै उत्साहित भएको पाएको छु ।
अहिले सम्म नगरभित्रका कति वटा घरमा जडान गरिएको छ ?
अहिलेसम्म ७ हजार ५ सयभन्दा बढी घरमा जडान गरिएको छ । प्रारम्भीक चरणमा करिब २ सय जति घर छुटेको अनुमान सहित हामीले पूरानो र बसाईसराई गरी आएकाहरुलाई लक्षित गरी आगामी आवमा बजेट विनियोजन गरिएको छ । हामीले यो सुविधालाई अध्यावधिक गरी नयाँ नयाँ सेवा थप्ने योजना रहेको छ । हामीले प्राविधिक रुपमा पनि नगरबासीलाई घरदैलोमै सेवा दिन सहज भएको छ ।
डिजिटल घर नम्बर प्रणालीबाट कस्ता सुचना संकलन गरिन्छ ?
नगरपालिकामार्फत डिजिटल घर नम्बर प्रणालीवाट निम्न सुचना संकलन गरिन्छः
* घरको ठेगाना ÷संरचनाको अवस्था
* घरमुलीको नाम ÷परिवार सदस्य संख्या÷व्यक्तिगत विवरण
* शिक्षा, स्वास्थ्य ,रोजगारको अवस्था
* गर्भवती महिला, सुत्केरी महिला, विरामीको स्थिति
सेवा सुविधा सम्बन्धी जानकारीः
* पिउने पानी, शौचालयको अवस्था
* विजुली, इन्टरनेट को पहुंच, फोहोर मैला व्यवस्थापनको स्थिति,
* प्राकृतिक प्रकोप राहत तथा उद्वार
जिपिएसका आधारमा लोठेशत कोअर्डिनेट गरी अति आवश्यकता र अन्य कुनै समस्या परेका बेलामा पनि प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ यसैबीच घरधनीले आफ्नो घरमा आउनेलाई क्युआर कोर्ड दिएर घरसम्म आउनजान सजिलो भएको छ ।


नगरवासीको कस्तो प्रतिक्रिया पाउनुभएको छ?
सुरुवातमा यो सुविधाले घरपरिवारको विवरण सार्वजनिक हुने, कुनै समस्या आउन सक्ने भन्दै नगरबासीले चिन्ता ब्यक्त गर्ने गर्नुभएको थियो । हामीले यसका बारेमा वडास्तरमा तथा अन्य विभिन्न माध्यमबाट नगरपालिकाबासीलाई जानकारी गराएपछि अहिले उत्साहित हुनुहुन्छ । नयाँ घर बनाउनुभएकाहरूले डिजिटल घर नम्बरका लागि भन्दै नगरपालिकामा समेत आउने गर्नुभएको छ । मैले पनि विभिन्न माध्यमबाट नगरबासीको प्रतिक्रिया दिइरहेको छु । सकारत्मक र सुधार गर्नुपर्ने प्रतिक्रियालाई सुधार तथा राम्रो प्रतिक्रियालाई कार्यपालिका तथा अन्य विभिन्न क्षेत्रमा समेत जानकारी गराएको छु । यसले गर्दा नगरपालिकाले दिने सेवा पारदर्शी तथा नगरबासीको पहिचानमा सजिलो भएको छ । नगरबासीले यो कदम समय सापेक्ष भन्दै स्वागत गरेका छन् ।

सबैभन्दा धेरै कुन सेवा लिने गरेका छन् ?
हजुरबाट यो प्रश्नको अपेक्षा पनि गरेको थिए । क्यूआर कोडसहितको डिजिटल घर नम्बरभित्र नगरबासीलाई आवश्यक पर्ने सम्पुर्ण विवरण हुन्छ । घरको फोटो, परिवारको विवरण तथा समस्याहरू समेत अध्यावधिक गरिने भएकाले सबैभन्दा धेरै हामीले आर्थिक, सामाजिक सहयोग रुपमा आवश्यक पर्ने नगद तथा अनुदान दिने गरेका छौ । अनुदान एकपटक लगेपछि यहाँ जानकारी राखिएको हुन्छ । एउटै ब्यक्तिले धेरैपटक अनुदान लैजाने प्रबृत्तिको समेत अन्त्य भएको छ । यसैगरी विपद र आपत्कालिन राहत समेत हामीले धेरै पटक उपलब्ध गराएका छौ ।


बेनी नगरपालिकामा प्रभावकारी भएर म्याग्दीका अन्य स्थानीय तहले पनि यो सेवा प्रयोग गरेका छन्, हजुरलाई कस्तो लागेको छ?
बेनी नगरपालिगले थालनी गरेको डिजिटल घर नम्वर प्रणालीले प्रविधिमैत्री शासनमा गुणस्तरीय र पारदर्शी रुपान्तरणमा सहयोग गरेको छ यसले वास्तविक लाभग्राही पहिचानमा सहजता पुर्याएको छ जसले मलाई अत्यन्तै खुसी महसुस गराएको छ । राम्रो कार्यको अनुसरण अन्य पालिकाले गर्दा मलाई थप आत्मवल मिलेको छ । हामीले देशभरमै उत्कृष्ट बनाउने गरी आगामी आवमा समेत बजेट विनियोजन गरेका छौ ।
यसलाई प्रभावकारी वनाउन नगरबासीको भुमिका के हुन्छ ?
यो कार्यलाई प्रभावकारी बनाउन नगरवासीको महत्वपूर्ण भूमिका रहन्छ । जसमध्य नगरवासीले सही विवरण उपलब्ध गराउने ,यसको प्रयोग सिक्ने र सिकाउने, विवरण अध्यावधी गराउने गराउनुपर्छ । यो नगरपालिकाले हरेक नगरबासीको सुविधाका लागि यूएनडिपीको आर्थिक सहयोगमा संगम म्याग्दीमार्फत हामीले लगानी गरेको नगरबासीलाई नै सहज बनाउन भएकाले सदुपयोग गरी आवश्यक जिज्ञासा भए वडा तथा नगरपालिकामै जानकारी गराउन अनुरोध गर्दछु ।

Leave a Comment