अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एसईईमा बेनी सामुदायिकको उत्कृष्ट नतिजा

On: July 2, 2025 4:04 PM
Follow Us:


म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माध्यामिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयतर्फ बर्चस्व कायम गरेको छ । विद्यालयका छात्र कृष ढकालले ३.९७ जिपिए ल्याएर सामुदायिक तर्फ जिल्ला प्रथम भएका छन् । छात्रातर्फ समेत बेनी सामुदायिककै दृष्टि शर्माले ३.९२ जिपिए ल्याएर जिल्ला प्रथम, समिक्षा पौडेल ३.९० जिपिएसँगै छात्रातर्फ दृतिय भइन् ।उत्कृष्ट विद्यार्थी ढकाल, शर्मा र पौडेल अतिरिक्त क्रियाकलापमा समेत अब्बल छन् ।

विज्ञान विषयबाट चिकित्सक बन्ने सपना बुनेका विद्यार्थीले ४ जिपिए ल्याउने गरी गरेको मेहनत नजिक नै नतिजा आएको बताएका छन् । लक्ष्य प्राप्तीका लागि आगामी दिनमा झनै मेहनत गर्नुपर्ने बताउँछन् ।

म्याग्दी जिल्लामा सबैभन्दा धेरै १ सय २९ जना परीक्षार्थी सहभागि भएको विद्यालयले यसपटकको एसईई नतिजामा सम्रगमा ९६.१२% उत्र्तिणा गराउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठका अनुसार ३.६१–४ जिपिए ल्याउने १३ जना, ३.२१–३.६ जिपिएमा ४० जना,२.८१– ३.२० जिपिए ६४ जना, २.४१–२.८० जिपिएमा ७ जना विद्यार्थी छन् ।

यो नतिजा सम्रग जिल्लाको नतिजामा सामुदायिक तर्फ निकै उत्कृष्ट हो। ‘विद्यार्थी र शिक्षकको संयुक्त मिहिनेतले शतप्रतिशत नतिजा आएको छ,यसमा अभिभावकको निरन्तरको साथ र सहयोगको पनि ठुलो साथ छ’ प्रअ श्रेष्ठले भने । शैक्षिक र अतिरिक्त क्रियाकलापमा समेत सहभागि हुने गरेका विद्यार्थीको परीक्षाको नतिजामा उत्कृष्ट हुन्छ भन्ने उदाहरण बनेकोा प्रअ श्रेष्ठको भनाई छ ।

भौतिक पूर्वाधार, शैक्षिक वातावरण, अनुभवी शिक्षक,डिजिटल कक्षा, अभिभावककै उपस्थितीमा उत्तरपुस्तिका निरीक्षण सहित गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने मापदण्डलाई ध्यान दिएको बेनी सामुदायिकले हरेक बर्ष नतिजामा निराश हुन परेको छैन । जिल्लाभित्र सामुदायिकतर्फ औषत नतिजामा सधै अग्रणी स्थानमा रहेको विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रित भन्दा पनि अतिरिक्त क्रियाकलापमार्फत पनि शैक्षिक वातावरण बनाउने गरेको छ ।


विद्यालयका प्रअ श्रेष्ठका अनुसार कक्षागत गतिविधिसँगै अभिभागकको अनुगमन समितिकोमा रहेका अभिभावको तर्फबाट आलोपालो सहित शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्ययोजना बनाउने गरिएको छ। सामुदायिक विद्यालयप्रतिको धारणा बदल्ने सफल भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार श्रेष्ठले शिक्षकको संकल्प र मिहिनेतको प्रतिफल देखिएको बताए ।

उनले घरमा अभिभावक, विद्यालयमा शिक्षकको तालमेल तथा विद्यार्थीको मेहनतका कारण नतिजा राम्रो आएको बताउँदै थप भौतिक पूर्वाधार,शैक्षिक जनशक्तीको ब्यवस्थापन गर्न नसक्दा पढ्न आउने विद्यार्थी सबैलाई भर्ना गर्न असम्भव भएको बताए ।

नेपाल सरकार शिक्षा मन्त्रालयले २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय घोषित गरेपछि हालसम्म देशभरबाट १ सय ८५ विद्यालयले भ्रमण गरेका छन्। २०११ सालबाट अस्थायी रूपमा सञ्चालित विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो। २०६३ सालदेखि माध्यमिक तहको परीक्षामा सहभागिता जनाएको थियो ।

Leave a Comment