अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सतप्रतिशत नतिजा आएको खुसीयालीमा एसईई उत्तीर्ण छात्रछात्रालाई सम्मान

On: July 2, 2025 11:39 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–५,छिस्बाङ्गस्थित शारदा माध्यमिक विद्यालयले एसईईमा उत्तीर्ण छात्रछात्रालाई स्थानीय समुदायले सम्मान गरेको छ । २५ जना विद्यार्थी सहभागि भएको परीक्षामा सतप्रतिशत नतिजा ल्याउन सफल भएको खुसीयालीमा विद्यार्थीलाई नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रममा स्व.लक्ष्मी भट्टचन स्मृति अक्षकोषबाट ३.६ जिपिएभन्दा बढी ल्याउने २ जना विद्यार्थीलाई ३ हजार, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ११ जना विद्यार्थीलाई नगद २ हजार नगद तथा सम्मानपत्रले सम्मान गरिएको विद्यालयले जनाएको छ । विब्यस अध्यक्ष दुर्गाबहादुर खत्रीले शिक्षकलाई र सम्पुर्ण विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गर्नुभएको थियो। त्यस्तै सरस्वती आमा समूह र पहलसिङ बानियाँले सम्पुर्ण विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गर्नु भएको थियो।


सोही अवसरमा पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर बुढाथोकले नगद ५ हजार, दल प्रसाद बुढाले ३ हजार सहयोग प्रदान गरेका थिए । विद्यार्थी सम्मान कार्यक्रमकै अवसरमा गरिमा विकास बैंक बावियाचौर शाखाले वित्तिय साक्षरता कार्यक्रम सहित ४ वटा ह्वाइट बोर्ड, नेपाल स्वच्छ खानेपानी नेवा संस्था बाग्लुङ्गद्वारा खेलकुद र सरसफाई साम्रागी सहयोग गरेको थियो ।

विद्यार्थी सम्मान कार्यक्रमकी प्रमुख अतिथि मंगला गाउँपालिकाको उपाध्यक्ष प्रेम कुमारी अधिकारी,वडा नं ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री क्षेत्री, शिक्षा शाखा प्रमुख दिल्लीरमन सुवेदी, पुर्व शिक्षक रधुनाथ मल्ल र प्रधानाध्यापक खगिन्द्र सापकोटाले मन्तब्य राख्नुभएको थियो ।

प्रमुख अतिथि अधिकारीले एसईईमा सफल विद्यार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष अधिकारीले गाउँपालिकाले शैक्षिक क्षेत्रमा निरन्तर सहयोग तथा सुधारका कार्यक्रमहरु ल्याएको बताउनुभयो । सम्मान कार्यक्रमको स्वागत सहायक प्रअ टिकाराम भण्डारी र सञ्चालन शिक्षक प्रकाश खत्रीले गर्नुभएको थियो । गतबर्ष एसईईमा निल खाएको विद्यालयले यसपटक सतप्रतिशत नतिजा ल्याउन शैक्षिक कार्यतालिका सहित केन्द्रित भएको प्रअ सापकोटाको भनाई छ ।

Leave a Comment