---Advertisement---

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या, अर्को सूचना नआएसम्मका लागि सबै सेवा बन्द

On: July 4, 2025 3:10 PM
Follow Us:

गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि सबै सेवा बन्द भएको छ । यातायात व्यवस्था विभागले सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जानकारी गराएको हो ।

ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीलगायत चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका विभागको सूचनामा उल्लेख छ ।

विभागले समस्याको समाधान गर्ने काम भइरहेको भन्दै हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने जनाएको छ ।

Leave a Comment