यात्रा अनुभूति
स्वर्गद्वारी महाप्रभु जसको नाम सुन्नासाथ हाम्रो शिर निहुरिन्छ । हामी नतमस्तक हुन्छौं । सन्त पुरुष जुन भूमिमा बस्छन् त्यो भूमि नै तीर्थ बन्छ । सन्त पुरुष बसेको ठाउँ, सन्त पुरुषले यज्ञ गरेको ठाउँ साधकको साधना सिद्धिका लागि अझै महत्वपूर्ण मानिन्छ । महान तपस्वी स्वर्गद्वारी महाप्रभुका शिष्य कपिलानन्द गिरी हुनुहुन्छ । उहाँको सिद्धिको चर्चा शब्दका माध्यामबाट जति गरे पनि कम नै हुन्छ । उहाँले आजभन्दा करिब ११३ वर्षअघि बि। सं। १९७० सालमा तपस्या गरेको दिव्य ठाउँ हो प्रभुचेला धुरी । त्यो क्षेत्र हाल म्याग्दी जिल्लाको मालिका गाउँपालिका(७, बिममा अवस्थित छ । करीब एक शताब्दीअघिको प्रशंग भए पनि त्यो ठाउँ गुपचुप थियो । त्यसका बारेमा त्यति धेरै कुरा कसैलाई थाहा थिएन ।

आजभन्दा करिब तीस वर्षअघि बि। सं। २०५७ सालतिर योग सिक्दा योगले आफ्नो स्वास्थ्य र मनको शान्तिमा बेग्लै प्रभाव प(यो । स्वास्थ्य, शान्ति, सफलतामा योगको भूमिका महत्वपूर्ण रह्यो । त्यही कुराको मनन गर्दै निरन्तर आफू सत्यको खोजमा लाग्दै अरूलाई पनि सत्य मार्गमा बढाउनुपर्छ भन्ने भाव पैदा भयो । आफ्नो मात्र हैन धर्तिका सम्पूर्ण प्राणीहरूको कल्याण गर्नुपर्छ भन्ने लाग्यो । त्यस्तो पवित्र सोचका साथ योग सिकाउँदै निरन्तर अरुको कल्याणमा लाग्नु भएको छ योग गुरु नविन जुग्जाली ।
यसरी मानव कल्याणको यात्रामा लागिरहेको समयमा उहाँको हातमा एउटा पत्रिका पर्छ । जहाँ स्वर्गद्वारी महाप्रभुका चेलाहरूमा ककसले कहाँकहाँ साधना गरे भनेर लेखिएको थियो । पढ्दै जाँदा ूप्रभुचेला धुरीू मा भन्ने शब्दमा पुगेपछि एक्कासी उहाँको मनमा अनेक तर्कना खेल्न थाल्छ । आफ्नै जन्म स्थानभन्दा माथि प्रभुचेला धुरी छ ।
के त्यही त हैन रु आफ्ना अग्रजहरूले त्यहाँ कुनै जोगी बसेर साधना गरेको कुरा भनेका थिए । साँच्चै हो भने त्यति महान तीर्थ किन गुमनाम छ आज रु त्यस्तो दिव्य ठाँउमा साधना गर्दै आत्म कल्याणको बाटोमा लाग्न सकिन्न र १ ऋषि, महर्षि, योगी, ज्ञानी, ध्यानी र अनेकौं सिद्ध पुरुषहरू जन्मिएका छन् यस पवित्र भूमि नेपलमा ।
यो पुनः अनेक सिद्ध पुरुष जन्मने संकेत त हैन रु प्रभुचेला धुरीमा वरिपरि कुटीहरू बनेका छन् । त्यहाँबाट अनेकौं सिद्ध पुरुषहरू जन्म भएर ती सिद्ध पुरुषहरूबाट सिङ्गो धरतिको कल्याण भएको दिवास्वप्न चल्न थाल्छ उहाँमा ।फेरि उहाँ वास्तविक संसारमा फर्किनुहुन्छ ।
कपिलानन्द गिरीले प्रभुचेला धुरीमा तपस्या गर्नुभएको रहेछ । त्यसपछि प्रभुचेला धुरी पुगेर त्यहाँको बस्तुस्थिति अध्ययन गर्दै गुरु नविन जुग्जाली स्वर्गद्वारी पुग्नुहुन्छ । स्वर्गद्वारीका गुरुहरूलाई त्यस घटनाको जानकारी गराइसकेपछि उहाँहरूले सबै कुराको अनुसन्धान गर्नुभयो ।
त्यो अनुसन्धानबाट कपिलानन्द गिरीले त्यस ठाँउमा पनि तपस्या गरेको प्रमाणित भयो । त्यसपछि त उहाँको खुसीको सीमा नै रहेन । त्यस ठाँउलाई संसारकै सम्पूर्ण प्राणीको कल्याण गर्ने साधना केन्द्र बनाउने सङ्कल्पका साथ मन्दिर, हवन कुण्ड, साधना हल, साधकहरू रहनका लागि आवासीय भवन आदि निर्माणको सुरुवात हुन्छ ।
त्यो कार्य सुरु गर्दा अनेक चुनौतिहरू आएका थिए । सारा चुनौतिहरूलाई तपस्या मानेर निरन्तर अघि बढ्दै जान्छ त्यो कार्य । स्थानीय शुभचिन्तक, पालिका साथसाथै केन्द्र सरकारको सहयोगले करीब ४० जना जति सामुहिक साधना गर्न सक्ने हल, हवन, कुण्ड, मन्दिर लगायतको एउटा संरचना तयार हुन्छ ।
पिरामिड सेपको हलमा स्थानीय ढुङ्गाको छानो रहेको छ । जुन हेर्दै नेपालको आफ्नै शैलीको नमुना रहेको अनुमान गर्न सकिन्छ ।
आँखै अगाडि रहेजस्तो देखिने धौलागिरी हिमश्रृङ्खला, वनमा अनेक किसिमका जडिबुटीहरूको सुगन्ध । एउटै बोटमा रातो र सेतो फूल्ने गुराँसलगायत दुर्लभ वनस्पती रहेका छन् त्यहाँ जहाँको भूमिलाई प्रकृति स्वयंले बरदान दिएको महसुस गर्न सकिन्छ ।
त्यस्तो दिव्य ठाउँमा बनेको हलमा मिति २०८२(०१(२७, २८ र २९ मा पहिलो पटक ध्यान कार्यक्रम गर्ने जिम्मा दिनुभएकोमा गुरु नविन जुग्जाली लगायत सम्पूर्ण नविनानन्द योग परिवारलाई विशेष धन्यबाद ।
त्यस तपोभूमिमा साधना गर्दै आफ्नो कल्याण गर्दै सम्पूर्ण प्राणी मात्रको कल्याण गर्ने महायज्ञमा हामी सबै लागौं । ऋषि, मुनि, योगी, सन्त पुरुष र शास्त्रले देखाएको बाटोमा यात्रा गर्नु मै हामी सबैको कल्याण छ । परमात्माको कृपाले सबैको कल्याण होस् , सबैको मंगल होस्, सबैको जिन्दगी धन्य होस् ।
जय श्री राधेश्याम ।