जापानको फुकुओकामा रहेको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको गौरवमय २८ औं अधिवेसनबाट अध्यक्षमा म्याग्दीका दिपक विक चयन हुनुभएको छ । १९९५ सालमा स्थापना भएको फुकुओकामा बसोबास गर्ने नेपालीहरुको साझा चौतारीको रुपमा स्थापित संस्थाको वरिष्ठ उपाध्यक्षमा अशोक सेडाइ, उपाध्यक्ष उज्ज्वल बानियाँ, रोबन थापा मगर र भुवन कृष्ण घिमीरे, प्रवत्तामा युकेस राना, सचिब बिसाल जिम्बा, सहसचिब सज्जन सुवेदी, कोषाध्यक्ष बिकास सुनार, सह कोषाध्यक्षमा सन्देश राई रहनुभएको उपाध्यक्ष बानियाँले बताउनुभयो ।

कार्यसमितिको सदस्यहरुमा रामचन्द्र गिरी, इस्वर अधिकारी, उत्सब खडका, शत्ति दर्नाल,बिजी बानियाँ, रेशम बोहरा, देवेन्द्र पुन मगर, सुमन सत्याल, इस्वर थापा, ओम प्रकाश न्यौपाने, मनोज विश्वकर्मा,नयन ज्योती केसी गरी २१ सदस्यीय कार्यसमिति निर्वीरोध चयन भएको छ ।

सोसाईटीका अध्यक्ष दिपक विक म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेंमगले, उपाध्यक्ष बानियाँ उज्ज्वल बानियाँ र सदस्य बिजी बानियाँ बेनी नगरपालिका वडा नं ५ पुलाचौरको हुनुहुन्छ । निर्वाचन समितिको संयोजकमा पुरुषोत्तम सिग्देल र सदस्यमा शिव शर्मा र माधव सिग्देल रहनुभएको थियो । फुनेसोको इतिहासमा सजिलै कार्यसमिति निर्विरोध गठन गर्न सहयोग गर्ने सम्पूर्णमा निर्वाचन समिति संयोजकले धन्यवाद दिनुभयो ।

उक्त अवसरमा प्रमुख अतिथीको रुपमा पाल्नु भएका फुकुओका नेपाल सोसाइटीका संस्थापक अध्यक्ष अरुण विष्ट,एनआरएनए आइसीसी युवा संयोजक सुपेन्द्र घिसीङ्ग, बरिष्ठ लोक तथा दोहोरी गायक विष्णु खत्री लगाएत क्युस्युमा अवस्थीत विभीन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो । अधिवेशनमा प्रगति प्रतिवेदनमा निर्वतमान सचिव उज्ज्वल बानियाँ,आर्थिक प्रतिवेदन निर्वतमान कोषाध्यक्ष भुवन कृष्ण घिमीरेले प्रस्तुत गर्नुभएको थियो । दुई वर्षमा करीब ३१ लाख येन आम्दानी गरी करीब ३० लाख येन खर्च भएको प्रतिबेदनमा उल्लेख छ । उक्त अवसरमा फुकुओका नेपाल सोसाइटीको ३० औं वार्षिक उत्सवको अवसरमा २७ औं कार्यसमितिले प्रकाशन गरेको फुनेसो स्मारीका २०२५ पनि बिमोचन गरीएको छ । उक्त स्मारीकामा फुकुओका नेपाल सोसाइटीका पुर्व अध्यक्षको विवरण देखि जापान प्रवेश गर्ने नेपालीहरुका लागी सहयोगी पुस्तकको रुपमा रहेको छ ।