---Advertisement---

मोना हाउसका लागि मिम पूर्जाले ५ लाख सहयोग

On: July 7, 2025 9:34 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका सल्लाहकार मिम पुर्जाले मोना हाउस बनाउन ५ लाख सहयोग गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि सल्लाहकार पूर्जाले उक्त सहयोग गर्नुभएको मोनाका कोषाध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।


उक्त घोषणासँगै मंगला गाउँपालिका वडा नं ३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गर्नुहुने पूर्जाले मोनालाई संस्थागत बनाउने अभियानमा आफ्नो स्थापनाकालदेखि नै निरन्तर सक्रियता रहेको बताउनुभयो । यसअगाडी समेत सल्लाकार पूर्जाले मोनामार्फत भइरहेका विभिन्न अभियानहरुमा समेत आर्थिक सहयोग गर्नुभएको थियो ।

Leave a Comment