---Advertisement---

गुर्जामा भेटियो ‘बल’ जत्रो च्याउ

By हरिकृष्ण गौतम
On: July 8, 2025 7:05 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-१, गुर्जाकी स्थानीय छेमकुमारी छन्त्यालले ५ केजीभन्दा बढी तौल भएको विशाल गोलोवाच अर्थात क्याल्भाटिया गिगान्टिया च्याउ भेटिएको छ । स्थानीय छेमकुमारी छन्त्यालले घर नजिकै रहेको बारीमा काम गर्ने क्रममा ठूलो आकारको सेतो च्याउ भेटाउनुभएको हो । ठूलो आकारको च्याउ भेटिएपछि घरमा ल्याएको छन्त्यालले बताउनुभयो । ‘धेरै किसिमका च्याउ देखिपनि बलजस्तो देखेपछि दंग परे, विषालु नहुने भएपछि पकाएर खायौं’छन्त्यालले भन्नुभयो ।

छन्त्यालका श्रीमान एवम् वडा सदस्य केआइसिङ छन्त्यालले गुर्जामा थरीथरीका च्याउ पाइने भएपनि ठूलो आकारको च्याउ कम पाउने गरेको बताए । गूर्जा आसपासका क्षेत्रमा मध्य असारदेखि भदौसम्म च्याउ टिप्ने गर्दछन् । यता डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णु प्रसाद अधिकारी क्याल्भाटिया गिगान्टिया विषालु च्याउ नभएपनि छिपिएको अवस्थामा खान नहुने बताउनुभयो ।


‘यो च्याउ छिपिएको अवस्थामा खादाँ ग्याष्टिक हुन्छ, कलिलै अवस्थामा प्रयोग गर्दा कुनै असर गदैन’ डिभिजन बन कार्यालय प्रमुख अधिकारीले भन्नुभयो । जंगलबाट ल्याइएको च्याउ विषालु हुन सक्ने भएकाले प्रयोग गर्नु अगाडी विषालु र खान हुने च्याउ छुट्टयाउनुपर्छ । बन जंगलमा पाइने विषालु च्याउले मुटु, आँखा, कलेजो, मृगौला, मस्तिष्क, मांसपेसी, फोक्सोलगायत अंगमा असर गर्ने भएकाले राम्रो देख्नैमा प्रयोग गर्न नहुने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।

नेपालमा पाइने एक हजारभन्दा बढी प्रजातिका च्याउमध्ये अधिकांस म्याग्दीमा समेत पाइन्छ । सानो र ठुलो आकारका च्याउहरू राम्रो देखिएकै कारण खाँदा बर्षेनी बिरामी हुने र विगतमा ज्यानै गुमाएको घटना समेत छ । सर्वसाधारणले विषालु च्याउ पत्ता लगाउन नसक्दा बर्षेनी ज्यान गुमाउने र धेरै विरामी हुने गरेकाले डिभिजन बन कार्यालय वा जानकारहरुलाई देखाएर मात्रै सेवन गर्न अनुरोध गरिएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment