---Advertisement---

आमन्त्रित फुटसलको उपाधि एफएनजे कास्कीले जित्यो

On: July 8, 2025 9:41 PM
Follow Us:

नेपाल पत्रकार महासंघ बागलुङको २५ औं स्थापना दिवशको अवसरमा आयोजित अन्तर शाखा आमन्त्रित मैत्रीपूर्ण फुटसल खेल नेपाल पत्रकार महासंघ (एफएनजे) कास्की शाखाले जितेको छ । मंगलबार भएको खेलमा कास्कीले बागलुङ सेतोलाई ५–६ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलमा म्याग्दी र कास्कीसहित ५ टिम सहभागि थिए ।

पहिलो खेल म्याग्दी र बागलुङ रातोबीच भएको थियो । दोश्रो खेल बागलुङ सेतो र बागलुङ निलोबीच भयो भने तेस्रो खेल म्याग्दी र कास्कीबीच भयो । फाइनल खेल कास्की र बागलुङबीच भएको थियो । महासंघले पत्रकारको स्वास्थ्यलाई समेत ध्यान दिएर खेलकुद कार्यक्रम गरेको अध्यक्ष राम थापा अविरलले बताए ।

दैनिक पत्रकारितामा हिड्ने पत्रकारको स्वास्थ्यलाईपनि चुस्त बनाउनु पर्छ भन्ने उद्देश्यले खेलको माध्यम रोजिएको उनले बताए । त्यस अघि महासंघले पत्रकारको स्वासथ्य परीक्षण शिविर पनि संचालन गरेको थियो । मंगलवारै महासंघका उपाध्यक्ष सिर्जना पन्तको नेतृत्वमा पत्रकारलाई ध्यान शिविर पनि संचालन गरियो । ओशो अमृतम ध्यान केन्द्र बागलुङको सहजीकरणमा उक्त शिविर संचालन गरिएको थियो ।

बुधवार प्रभातफेरी, मुल समारोह, पुरस्कार बितरण र सम्मान कार्यक्रम आयोजना गरिएको छ । २०५७ सालमा तत्कालिन अध्यक्ष स्वर्गिय बिदुर खड्काको अध्यक्षतामा गठिन महासंघले केन्द्रीय समितिको औपचारिक मान्यता पाएको थियो । सोही मितिलाई स्थापनाको दिन मानेर महासंघले दिवश मनाउँदै आएको छ । त्यसपछि नारायणदत्त कंडेल, राजेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, मुकेशचन्द्र राजभण्डारी, दिल शिरिष र नरेश कंडेल अध्यक्ष भैसकेका छन् ।

महासंघले यो बर्षलाइ रजत वर्षको रुपमा बर्षभरी विभिन्न क्रियाकलाप गरेर मनाउने निर्णय गरिसकेको छ । साथै पत्रकारको क्षमता बिकासकालागि तालिम वर्षको रुपमा पनि मनाउने योजना अगाडि सारेको छ ।

Leave a Comment