---Advertisement---

बाँसबोटमा पहिरो रोकियो, जोखिम कायमै

On: July 9, 2025 2:42 PM
Follow Us:

म्याग्दीको धवलागिरि गाउँपालिका-४,बाँसबोटको भिरबाट खसेको पहिरो अहिले रोकिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेपनि अहिले विस्तारै बग्न थालेको त्यहाँबाट डिके चोचाङ्खीले बताउनुभयो । करिब एक घण्टा निरन्तर पहिरो खसेपनि अहिले अवस्था सामान्य छ तर जोखिम उच्च रहेको बताइएको छ ।


धवलागिरी गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर बसेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलमा पुग्नुभएको छ । अहिलेको अवस्थामा तलाउ आसपासका क्षेत्रलाई उच्च निगरानी राखिएको छ । लगातारको बर्षाले पश्चिम म्याग्दी हुदै बग्ने म्याग्दी नदीको सतह बढेको छ ।

Leave a Comment