म्याग्दीको मालिका गाउँपालिका–३,लुक्सीपारमा दाउरा लिन जाने क्रममा पहिरोमा परेका एकजनाको शब भेटिएको छ । दाउरा खोज्ने क्रममा एक्कासी आएको पहिरोमा ३५ बर्षिय जगेन्द्र विकको शब भेटिएको छ । पहिरोमा बेपत्ता भएका १२ बर्षिय सरोज विकको खोजीकार्य जारी छ । जगेन्द्र र सरोज बुबाछोरा हुन् ।
घटनास्थलमा स्थानीयबासीले खोजीकार्य गरिरहेका छन् भने इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरी र जनप्रतिनिधि सहितको टोली समेत जादैछ । घटनाको थप विवरण घटनास्थलमा पुगेपछि मात्रै जानकारी हुन्छ ।