---Advertisement---

पहिरोमा पुरिएका बुबाकोे शब निकालियो, छोरा अझै बेपत्ता

By हरिकृष्ण गौतम
On: July 9, 2025 8:20 PM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–३ लुक्सीपारमा घाँसदाउरा संकलनको क्रममा एकै परिवारका बुबाछोरा बेपत्ता भएकोमा एकको शब भेटिएको छ । एक्कासी माथिबाट आएको पहिरोमा ३५ बर्षिय जगेन्द्र विक, १२ बर्षिय सरोज विक बेपत्ता भएकोमा जगेन्द्रको शब स्थानीयवासी, नेपाल प्रहरी, जनप्रतिनिधि सहितको टोलीले निकालेको छ ।


पहिरोमा बेपत्ता भएका सरोजको खोजीकार्य बुधबारलाई स्थागित गरिएको मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । ‘भोली विहानैदेखि उद्धार तथा खोजी जारी राखिने छ’ अध्यक्ष गर्बुजाले भन्नुभयो । घरबाट घाँसदाउरा लिन गएको बेलामा पहिरो खसेको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको टोली पुगेको थियो । बुधबार दिनभरीको बर्षाले म्याग्दीको जनजिवन अस्तब्यस्त बनाएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment