आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा मलेसियामा रहनुभएका एक म्याग्देलीले अभिभावविहिन बालबालिकालाई कपडा, फलफुल र नगद सहयोग गर्नुभएको छ ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम पात्ले घर भई हाल मोना मलेसियाका महासचिव केश रोका मगरले नेपाल बाल संगठन बेनी शाखामा कार्यरत बाल गृहका ६ जना बालबालिकालाई पोशाक, नगद तथा फलफुल सहित १५ हजारको सहयोग मोना मलेसियाका कोषाध्यक्ष पूर्णबहादुर शाहीले संगठनका अध्यक्ष राजेश शाक्यलाई सहयोग हस्तान्तरण गर्नुभयो थियो ।

हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरेको रोका मगरले बताउनुभयो । मलेसियामा म्याग्देलीलाई सहयोग तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहनुभएको छ । ‘‘जन्मदिनमा हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छु, यो कार्यलाई आगामी दिनमा पनि निरन्तर दिन्छु ।’’ रोका मगरले भन्नुभयो ।