म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष किसान जिसीले म्याग्दीको सदरमुकाम बेनीमा बन्ने मोना हाउसलाई १ लाख ५१ ह्जार १११ रुपैयाँ सहयोग गर्नुभएको छ । बेनी नगरपालिका वडा नं ७ मंगलाघाटमा बन्ने कार्यकारी समितिको केन्द्रिय कार्यालयका लागि उपाध्यक्ष जिसीले उक्त सहयोग गर्नुभएको मोनाका केन्द्रिय महासचिव सुनेश केसीले बताउनुभयो ।
मोना अन्तराष्ट्रि«यको स्थापनाकालदेखि नै सक्रिय रहनुभएका जिसीले यसआगडी मोनाको महिला तथा बालबालिका कोषको नेतृत्व गर्नुभएको थियो भने मोनाको विपद् अभियान,मोना लभ्लीहिल पदमार्ग सहित विभिन्न उपचार अभियानमा समेत मोनामार्फत सहयोग गर्नुभएको छ ।
बेनी नगरपालिका वडा नं ६ छाप स्थायी घर भई हाल यूकेमा सफल नेपाली ब्यवसायीको रुपमा स्थापित जिसीले मोना हाउसमार्फत प्रवासमा रहेका म्याग्देलीलाई प्रभावकारी सेवा तथा जन्मभुमी फर्किएका म्याग्देलीसँग समेत विभिन्न अभियानमा जोडिने गरी संरचना बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । यता मोना आइसीका अध्यक्ष ददीवल खड्काले मोना हाउस प्रवास र स्वदेश फर्किएका म्याग्देलीको सम्पर्कको आधार तथा जिल्लाभित्र ब्यवसायीक तथा सामाजिक सहित विभिन्न गतिविधिका लागि समेत आवश्यक रहेको बताउनुभयो ।