---Advertisement---

खवराका चन्द्रबहादुर कार्की उत्कृष्ट कृषकबाट सम्मानित

By हरिकृष्ण गौतम
On: July 11, 2025 5:49 PM
Follow Us:

बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका चन्द्रबहादुर कार्की गण्डकी प्रदेशको उत्कृष्ट कृषकको रुपमा सम्मानित हुनुभएको छ ।गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा कार्की कृषि फार्मका सञ्चालक कृषक कार्कीलाई मन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव बासुदेव रेग्मीले नगद २० हजारसहित दोसल्ला र सम्मानपत्रल पुरस्कृत गर्नुभएको हो ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट छनौट भएका कृषकहरूमध्ये कार्की सहित ५ जनालाई मन्त्रालयले सम्मान गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बेनीअनलाइनलाई बताउनुभयो ।

‘अगुवा कृषक कार्की सम्मानित हुनुभएकोमा खुसी छौ, उहाँ जिल्लाको नमुना कृषकमध्येमा पर्नुहुन्छ’ प्रमुख बाँस्तोलाले भन्नुभयो । कृषि ज्ञान केन्द्रबाट सिफारिस हुनुभएका कार्कीको फार्ममा मन्त्रालयबाट आएको टोलीले स्थलगत अनुगमनपछि मुल्याङ्कनको आधारमा सम्मानित गरेको हो ।


करिब ५ दशक देखि कृषि क्षेत्रमा सक्रिय रहनुभएका कार्कीले करिब ३० रोपनी क्षेत्रफलमध्ये १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्नुभएको छ । कृषक कार्कीले तरकारी बाहेक फलफुल, मौरी, पशुपालन, माछापालन गर्नुभएको छ ।

File photo

विसं २०३४ सालमा १८ वर्षको उमेरदेखि एक हजार लगानी गरी कृषि क्षेत्रमा लाग्नुभएकोमा अहिले बार्षिक १२ लाखभन्दा बढी कमाइ गर्नुहुन्छ । खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको कार्कीको खेतबारीलाई कृषकका लागि प्रयोगशालाजस्तो जस्तै हो । कार्कीको फार्ममा बाह्ै महिना तरकारी र फलफूलले हरियाली देखिन्छ । कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्ने र बारीबाट समेत खरिद गरी लैजाने गर्दछन् ।

हरिकृष्ण गौतम

Leave a Comment