नेपाल मोबाइल ब्यवसायी महासंघको चौथो स्थापना दिवसको अवसरमा म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक्स संघद्धारा आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा बेनी अस्पतालमा आयोजित कार्यक्रमको बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गर्नुभयो। प्रमुख अतिथि केसीले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको बताउँदै जिल्लामा धेरै रक्तदान गर्नेहरुले बाहिरी जिल्लामा आवश्यक पर्दा रगत नपाउने अवस्था रहेको बताउनुभयो ।

म्याग्दीमा संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत निशुल्क पठाउने गरिएको प्रमुख अतिथि केसीको भनाई छ । बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेको मेयर केसीको भनाई छ । दुईदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् ।

यसैबीच मेयर केसीले शुक्रबार ८४ पटक रक्तदान गर्नुभएको छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, कपडा तथा फेन्सी ब्यवसायी संघ म्याग्दीका अध्यक्ष दामोदर शर्माको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रमको अध्यक्षता म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक्स संघका अध्यक्ष केशबराज आचार्य (अर्जुन), स्वागत उपाध्यक्ष विनोद सुबेदी र सञ्चालन सचिव श्रीप्रसाद इश्वार आचार्य (इश्वर)ले गर्नुभएको थियो। म्याग्दीमा दैनिक आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन्