म्याग्दी जेसीजले ‘तपाई रुख रोप्नुहोस, शितलता सवैले प्राप्त गर्नेछन’ भन्ने नारा सहित बृक्षारोपण अभियान सुरू गरेको छ । बेनी नगरपालिका–६, डम्मरामा शनिवार विहान वृक्षारापण गदैं हरेक बिरुवाको सुरक्षा समेत जेसीजले गर्ने सामुहिक प्रतिबद्धता जनाइएको छ । वर, पिपल, अमल, बेल, पारिजात लगायत विभिन्न फलफुलका विरुवा रापिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले बताउनुभयो ।

‘यसलाई नियमित हेरचाह गर्ने, सबैलाई बृक्षारोपण अभियानमा जुट्न अनुरोध गछौं’ अध्यक्ष क्षत्रीले भन्नुभयो । अहिलेसम्म बृक्षारोपणमा धेरै उत्साह भएपनि संरक्षणमा चासो नदेखाउने प्रबृत्तिलाई म्याग्दी जेसीसले संरक्षण गरी सन्देश दिने कार्यक्रम संयोजक विशाल खत्रीले बताउनुभयो । निल ढुंगामा रहेको पिकनिक स्पोट र तल्लो डम्मरा देखि चुत्रेनी जाने सडकको दायावाँया गरि १ सय ५४ वटा विरुवा रोपिएको छ ।

म्याग्दी जेसीजले आफ्नोसँगै टोलबासीलाई समेत रेखदेखमा सक्रियता देखाउन अनुरोध गरेका छन् । कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जय कुमार श्रेष्ठ, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसिजका पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ, विनय श्रेष्ठ, नवर्तमान अध्यक्ष दिनेश बानियाँ, लगायतका जेसिजका पदाधिकारी र डम्मरा टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

रुख विरुवाले घर वरपरको वातावारण सुन्दर र हराभरा बनाउने भएकाले डम्मराको वस्ती नजिकै रहेको सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।