---Advertisement---

सहयोगलाई बचत गरी बाख्रापालन

On: July 13, 2025 8:19 AM
Follow Us:

हाम्रो समाजमा सामान्यतः दुवै आँखा नदेख्नेलाई आफ्नो दैनिकी र खाने÷लाउने काममा अर्काको सहारा चाहिन्छ । तर, बेनी नगरपालिका वडा नं २ काउनेखर्कका मिनबहादुर र पार्वती विश्वकर्माले सम्बोधन परियोजनाबाट बाख्रा पालेर घरखर्च चलाउनुभएको छ । आँखाको ज्योति गुमेपछि आफन्तको घरमा बस्दै आएका दृष्टिविहिन दम्पत्तीले परियोजनाबाट पाएको आर्थिकले एउटा बाख्राबाट सुरु गर्नुभएको थियो ।


आर्थिक रूपमा विपन्न भएकाले छनौटमा परेपछि खर्च जोगाएर बाख्रा किनेको मिनबहादुरले बताउनुभयो । ‘घरखर्च चलेकै छ, हामीलाई निकै सजिलो भएको छ, सहयोगलाई बचत गरेकाले बाख्रापालनमा रमाउने वातावरण बनायो’ दृष्टिविहिन मिनबहादुरले भन्नुभयो । बाख्रालाई घाँस पानी खुवाउन सकिने भएकाले दृष्टिविहिनले पनि बाख्रा पालन गर्न सक्नछन् भनेर देखाउन सफल भएको बताउनुभयो । खोर ब्यवस्थापन तथा केही सहयोग भए सहज हुने दम्पत्तीको भनाई छ । दृष्टिविहीन भएकाले आँखा देख्नेको सहारामा हिढ्नुपर्ने भएपनि आयआर्जनका लागि मात्रै सहयोग भए आफै गर्ने सकिने एउटा उदाहरण बनेका छन् ।


वडास्तरमै पुगेर छनौट गरेका आर्थिक तथा सामाजिक रुपमा विपन्न, संकटापन्न तथा सामाजिक सुरक्षाको आवश्यकता पर्नेलाई नै छनौट गरिएको बेनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । दैनिक रोजगारी गरेर जीवन निर्वाह गर्ने, निम्न र विपन्न वर्ग सबैभन्दा पीडित भएकालाई बरदान सावित भएको यो मोडेलको सहयोग आगामी दिनमा पनि गर्नुपर्ने राय जनप्रतिनिधिको पनि छ । सहयोगको सदुपयोग भएको छ ।


बेनी नगरपालिकाको अनुरोधमा युएनडिपी नेपालको आर्थिक सहयोग, संगम म्याग्दीको प्राविधिक सहयोगमा बेनी नगरपालिकामार्फत १० वटै वडामा सञ्चालित सम्बोधन परियोजनाबाट अति विपन्न महिलालाई वितरण गरिएको दुई किस्तामा २७ हजार सहयोग गरिएको थियो ।सम्बोधन परियोजनामार्फत आयआर्जनमूलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप २७ हजारका दरले १० वटै वडामा संचालन भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

नगरपालिकाले वडाका जनप्रतिनिधिहरुमार्फत संकलन गरेको विवरणमा सबै अति विपन्न रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु प्रभावकारी हुने उदाहरण समेत बनेको मेयर केसीको भनाई छ । एक करोड, दुई लाख कुल बजेट रहेको यस परियोजनाले लाभग्राहीलाई रु ९२ लाख नगदै वितरण गर्ने जनाएको छ । यसमा राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई रु एकसय नगद जम्मा समेत गरिदिने थियो । स

Leave a Comment