एक बर्षको अवधिमा बैदेशिक रोजगारीमा गएका ११ म्याग्देलीलेज्यान गुमाएका छन् । रोजगारीका लागि विभिन्न देशमा रहेका म्याग्देली कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, हृदयाघात लगायत विभिन्न कारणबाट मृत्यु भएको हो । जसमध्ये ८ शब काठको बाकसमा फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा रहेको आप्रवासी स्रोत केन्द्र सहायता कक्षका अनुसार आर्थिक वर्ष २०८÷८२मा अनेक सपना बोकेर रोजगारीको सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएका ८ म्याग्देली बाकसमा फर्किएका छन् ।
खाडीमुलुक साउदी अरबबाट २, यूएईबाट २,मलेसियाबाट १,कतारबाट १,ग्रिसबाट १,दक्षिण कोरियाबाट १ जनाको शव म्याग्दी ल्याइएको छ भने पोर्चुगल, रोमानिया र जापानको शब ल्याउने प्रक्रियामा रहेको केन्द्र प्रमुख प्रमिला पौडेलले बताउनुभयो ।
‘प्रक्रियामा रहेको शब ल्याउन पहल भइरहेको छ, कानुनी प्रक्रिया पूरा गर्न बाँकी छ’ केन्द्र प्रमुख पौडेलले भन्नुभयो। काम छाडेर गैरकानुनी बसोबासको क्रममा दुर्घटनामा ज्यान गुमाउनेको शब ल्याउन केही ढिलाइ हुने र नेपाल सरकारले दिने क्षर्तीपुर्ती समेत पाउँदैनन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु भएमा २४ लाख रुपैयाँ परिवारले प्राप्त गर्ने भएकाले पनि गैरकानुनी रुपमा नबस्न विभिन्न माध्यमबाट सचेतनामुलक कार्यहरु गर्ने गरिएको केन्द्र प्रमुख पौडेलको भनाई छ ।
पारिवारिक भेटघाट,गैरकानुनी बाटोबाट र कम्पनी छोडेर बसेकोका मृतकसँग श्रम स्वीकृति नभएकालाई म्याग्देलीको साझा संस्था मोना र अन्य नेपाली संघसंस्थाले समेत आर्थिक सहयोग जुटाएर शब पठाउने गरेका छन् । गत आव ०८०–८१ मा ८ जना म्याग्देलीले ज्यान गुमाएकोमा ६ जनाको शब परिवारको जिम्मा लगाइएको थियो ।

‘गैरकानुनी रुपमा बसेकारूको शब पठाउन आर्थिक संकलन गर्नुपर्ने बाध्यता छ, जहाँ भएपनि श्रम स्वीकृति नविरकण गर्नुहोला’ मोना अन्तराष्ट्रि«यका कोषाध्यक्ष नरेन्द्र फगामीले भन्नुभयो । विदेशमा जानु अगाडी पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टी लिएर मात्रै जानुपर्ने फगामीको भनाई छ ।
खाडीमुलुकमा भवनबाहिरको काम गर्दा गर्मी र धुलोका कारण बिरामी तथा मृत्यु हुने पाइएको छ । वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग र मृत्यु भएका व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्न श्रम स्वीकृत गरेको हुनुपर्ने, श्रम स्वीकृतिको नविकरण गरेसँगै बिरामी र मृत्यु भएकालाई स्वदेश पठाउन र क्षर्तीपुर्तीका लागि सहज हुन्छ ।
पछिल्लो समय यूरोप र खाडीमुलुकमा ज्यान गुमाएका म्याग्देलीले त्यहाँको ट्राफिक नियम जान्न र पालना गर्न चासो नदिने आनीबानीले गर्दा पनि सडक दुर्घटनामा मृत्यु अंगाल्नुपरेको छ ।