---Advertisement---

एनआरएन जापानको क्षेत्रीय सचिवमा म्याग्दीका कार्कीको उम्मेदवारी

On: July 14, 2025 7:38 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानका महासचिव सागर कार्कीले गैरआवासीय नेपाली संघ एनआरएनए जापानको क्षत्रीय सचिवमा उम्मेदवारी दिनुभएको छ । बेनी नगरपालिका वडा नं २ बगरफाँटका कार्कीले ‘युवा शक्ति, पारदर्शी नेतृत्व, निष्पक्ष परिवर्तनका लागि’ भन्ने नारा सहित उम्मेदवारी घोषणा गदैं यूवा भिजनलाई कार्यान्वयनका लागि मतदातालाई सहयोग गर्न अपिल गर्नुभएको छ । सन् २०१२ देखि जापानको पवित्र भूमिमा नेपाली समुदायको सेवा, संगठन र विकासका लागि समर्पित हुदै आउनुभएका कार्कीले नयाँ अनुभव, नयाँ सिकाइ र नयाँ प्रेरणा दिने कार्यका लागि एनआरएनमा उम्मेदवारी दिएको बताउनुभयो ।


करिब एकदशकसम्म एनआरएन सहित विभिन्न संघसंस्थामा आवद्ध रहनुभएका कार्कीले एनआरएनए कान्तो –पञ्जिकृत सदस्य–कोषाध्यक्ष–सचिव–संयोजक) नेपाल फेस्टिवल, एनआरएनए कप, मोना फेस्टिवल जस्ता ठूला आयोजनहरूमा कार्यान्वयन, समन्वय, र नेतृत्वका साथै जापान–नेपाल बीचको मैत्रिपूर्ण सम्बन्ध बढाउने सन्दर्भमा विभिन्न समयका भएका सामाजिक, साँस्कृतिक तथा व्यवसायिक गतिविधिमा सक्रिय सहकार्य र सहभागिता जनाउनुभएको छ ।


एनआरएनको क्षेत्रीय सचिवको घोषणापत्र सहित अभियानमा जुट्नुभएका कार्कीको तीन मुख्य लक्ष्य रहेको छ । जसमा ’हरेक नेपालीको आवाज सुनुवाई हुनेगरी हरेक नेपालीको हातमा जिम्मेवारी,कहिल्यै नढुक्कने खाता, खुला बैठक, र नियमित प्रगति प्रतिवेदन,युवा, महिला, र व्यवसायीलाई एकताबद्ध गर्न औद्योगिकमैत्री कार्यक्रम रहेको छ । सचिवका उम्मेदवार कार्कीले आफ्नो भिजनसँगै एनआरएनएलाई थप उचाईमा पुर्याउने अन्य अभियानमा समेत प्रत्यक्ष सहभागि भइरहेको बताउनुभयो ।

Leave a Comment