---Advertisement---

बेनीमा प्रवासी म्याग्देलीको अर्गानिक पसल,पाइन्छ थरीथरीका अर्गानिक सामान (भिडियो)

By हरिकृष्ण गौतम
On: July 14, 2025 8:48 AM
Follow Us:

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा लैजानस्थापित मोना म्याग्दी डेभलपमेन्ट कम्पनीले बेनी नगरपालिका–८,गणेशटोलमा संकलन तथा बिक्री केन्द्र सुरू गरेको छ । प्रवासी म्याग्देलीको अगुवाईमा स्थापित कम्पनीले जिल्लाभित्र उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री सुरू गरेको हो ।

म्याग्दीको अर्गानिक उत्पादनलाई विश्वभर रहेका म्याग्देलीमार्फत बिक्री गरी किसानलाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानमा सघउने उदेश्यले स्थापित कम्पनीले संकलन केन्द्रमा जिल्लामा पाइने सबै अर्गानिक साम्रागीहरू राखेर बिक्री गर्ने कम्पनीमा सञ्चालक शिवकुमार बरुवालले बताउनुभयो । ‘अहिले हामीले संकलन सुरु गरेका छौ, विदेशबाट अर्डर समेत आउन थालेको छ’ सञ्चालक बरुवालले भन्नुभयो ।


किसानले उत्पादन गरेका अर्गानिक सामानलाई उचित मुल्य दिएर खरिद गर्ने, माटो सुहाउँदो उत्पादनका लागि विउँपुँजी दिने, विभिन्न तालिम तथा प्रोत्साहनका कार्यहरु समेत कम्पनीले गर्ने सञ्चालक बरुवालको भनाई छ ।

मोनाको अर्गानिक पसलमा सिस्नुको धुलो, ढकायो, भटमास,टिम्मुर संकलन भएको छ भने भटमास,भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल,लगायत विभिन्न उत्पादनहरू संकलन भइरहेको छ ।

म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुमार्फत कृषकसम्म पुगेर उत्पादन हुने साम्रागी खरिद गर्ने, लगानीको अभावमा बाँझो रहेको जमिनलाई भाडामा वा किसानलाई नै आर्थिक सहयोग गरेर समेत प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।

अर्गानिक सामान बिक्री गर्ने अनुभव ब्यवसायीसँग समेत मोनाले सहकार्य गरी विश्वभर म्याग्दीको उत्पादन लैजाने कम्पनीका अध्यक्ष तेजप्रकाश पुनले बताउनुभयो । कम्पनीले अर्गानिक सामान बिक्रीका लागि विश्वभर रहेका म्याग्देलीको मार्टहरुमा समेत पुर्याउने छ ।

कम्पनीमार्फत अर्गानिक, पर्यटन, जलविद्युत लगायत विभिन्न परियोजनाहरुमा लगानी गर्ने योजना बनाएकाले प्रवासी म्याग्देलीलाई सेयर सदस्य बनाउने, स्वदेशमा समेत इच्छुकलाई जोड्ने अध्यक्ष पुनको भनाई छ ।

कम्पनीमा हाल मोना अन्तराष्ट्रि«यका संस्थापक अध्यक्ष तेजप्रकाश पुन अध्यक्ष, सञ्चालकहरुमा मोना अन्तराष्ट्रि«यका अध्यक्ष ददीवल खड्का, शिवकुमार बरुवाल, बिक्रम कार्की, राम खड्का रहेका छन् ।

हरिकृष्ण गौतम

Leave a Comment