गैर आवासीय नेपली संघ (एनआरएनए) जापानको आसन्न १२ औँ अधिवेशनमा म्याग्दीका यूवाहरु विभिन्न पदमा होमिएका छन् । म्याग्दी प्रवासी नेपाली संघ मोनामा आवद्ध रहेका म्याग्देलीले उम्मेदवारी घोषणासँगै मैदानमा उत्रिएका छन् । बेनी नगरपालिका–२ का सागर कार्कीले एनआरएनए जापानका केन्द्रिय सचिव (क्षेत्रीय) सचिब पदमा र सागर थापा बगालेले एनआरएनए जापानको क्षेत्रीय समिति नागोयाको सचिब पदमा उम्मेदवारी दिनुभएको छ ।
मालिका गाउँपालिका– १ निस्कोटका रुपेश पुनले एनआरएनए नागोया क्षेत्रीय उप-संयोजक पदमा उम्मेदवारी दिनुभएको छ भने बेनी नगरपालिका–५ की उषा ठकुरी एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको सहसचिब पदमा सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको मोना जापानले जनाएको छ ।
जुलाई २७ मा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको निर्वाचन हुन लागेको छ । एनआरएनए जापान र विभिन्न क्षेत्रीय समन्वय समितिमा रहेर सामाजिक कार्यहरुमा सक्रिय म्याग्देलीहरुलाई निर्वाचित गराउन जापानमा रहेका म्याग्देली र नेपालीहरुलाई आह्वान गरिएको छ ।