---Advertisement---

‘आवको अन्तिममा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

On: July 15, 2025 5:40 PM
Follow Us:

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाउने गरेको छ । म्याग्दीमा आवको अन्तिम महिना भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । चालु आवको पहिलो दुई महिना साउन देखि बैशाखसम्म अलि कमजोर नै रहेको बजेट कार्यान्वयन अवस्था त्यसपछि हतारमा काम गर्ने गरिन्छ । म्याग्दीमा आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयन तथा प्रगतिका बारेमा बरिष्ठ कोष नियन्त्रक किरणचन्द्र सुबेदीसँग गरिएकोे गरेको कुराकानी ।

समग्रमाभन्नु पर्दा यस वर्षको बजेट खर्चको अवस्थालाइ कसरी लिनु भएको छ ?
आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम कार्यान्वयन सम्पन्न भई सकेको छ। अव यसको नतिजा तहमा प्रभाव हेर्न बाँकी छ। जेठसम्म अलि कमजोर नै रहेको बजेट कार्यान्वयन अवस्था त्यसपछि सन्तोषजनक अवस्थामा पुगेको छ। संघ र प्रदेशको औषत भन्दा केहि माथि म्याग्दी जिल्ला जान सफल भएको छ। यस वर्ष संघ तर्फको औषत प्रगति ९३.९७ प्रतिशत र प्रदेशको औषत प्रगति ७५.९२ प्रतिशत रहेको छ। यसलाई राम्रै मान्नु पर्छ।

११ महिनामाभएको बजेट खर्च र अन्तिम २५ दिनमाभएको खर्च हेर्दा उस्तै उस्तै देखियो नि?
नेपालमा आार्थिक बर्षको अन्तिम समयमा काम गर्ने प्रवृत्ति देखिन्छ। संघ तर्फको जेठसम्मको औषत खर्च ७४.९६ प्रतिशत रहेको थियो जुन सन्तोषजनक नै मान्नु पर्छ । तर, प्रदेश तर्फको जेठसम्मको औषत खर्च जम्मा ४७.१४ प्रतिशत मात्रै हो जुन असार २५ सम्म ७५.९२ पुगेको छ। जसले समयमा काम नभएको हो कि भन्ने तथ्यलाई केहि पुष्टि चाही गर्छ ।

आर्थिक वर्षको अन्तिम २५ दिनमा धेरै बजेट खर्च हुने अवस्थालाइहजुरले कसरी लिनु भएको छ ?
बजेट कार्यान्वयनको दृष्टिकोणमा यसलाई राम्रो मान्न त अवश्य सकिदैन। बजेट कार्यान्वयनको समयमा तयारी नगर्ने, ठेक्का व्यवस्थापनमा समस्या, न्यून जनशक्ति, श्रोतको सुनिश्चितता र समयमा फुकुवा लगायतका कारण ढिला भएको देखिन्छ। यो बाहेक कुनै कर्मचारी वा कार्यालयको कारणले ढिलाई भएको भएमा त्यसलाई राम्रो मान्न सकिदैन।

विगतको वर्ष र यस वर्ष म्याग्दीमाभएको बजेट खर्चको अवस्था के कस्तो भिन्नता देखिन्छ ?
विगतका वर्षहरुमा भन्दा केहि सुधार अवश्य भएको छ। हाम्रो तर्फबाट गर्नुपर्ने सहजिकरणमा कुनै कमि हुन दिएका छैनौं। गत वर्ष संघको औषत प्रगति ९०.८२ प्रतिशत रहेको थियो भने प्रदेशको ७५.७९ प्रतिशत रहेको थियो। बजेट कार्यान्वयनमा रहेका समस्या समाधान गर्दै सहि समयमा सहि तरिकाले बजेट कार्यान्वयनमा हाम्रो सधैं नै जोड हुन्छ। त्यसका लागि समय समयमा कर्मचारीलाई प्रशिक्षित गर्ने, कार्यालयहरुलाई राय सुझाव दिने तथा बजेट कार्यान्वयनमा आवश्यकता अनुसार निर्देशन पनि दिइएको छ। सोहि अनुसार सुधारमा निरन्तर लागि रहेकै छौं र हुँदै पनि गइरहेको छ। सुधारमा सहयोगी बन्ने सबै सरकारी तथा निजी क्षेत्र, संचारकर्मी साथीहरु र सरोकारवाला सबैलाई धन्यवाद पनि भन्न चाहन्छु।
बिकास खर्चलाइआर्थिक वर्षको शुरुआत देखिनै गतिदिन के गर्न सकिएला?
बजेट तथा वार्षिक विकास कार्यक्रममा ध्यान दिनुपर्ने प्रमुख विषय नै यहि हो। गल्ती निरन्तर गर्ने तर सुधारमा ध्यान नदिने ठूलो समस्याको रुपमा रहेको छ। विगतका कमि कमजोरीबाट पाठ सिकेर आगामी वर्ष सुधार हुनुपर्नेमा त्यो हुन नसक्नु विडम्बनाको रुपमा रहेको छ। विशेष गरी सबै कार्यालयले आफ्नो वार्षिक विकास कार्यक्रम अनुसार वार्षिक कार्ययोजना तयार गरी लागु गर्नुपर्दछ। आयोजनामा पुर्वतयारिका सबै काम सम्पन्न गरेर मात्रै कार्यान्वयनमा जानु पर्दछ। समयमा ठेक्का व्यवस्थापन गर्ने, निरन्तर प्रतिवेदन गरी समयमा फुकुवा गराउने, व्यक्तिगत स्वार्थ र पुर्वाग्रह नराखि बजेट कार्यान्वयनमा ध्यान दिने, संचालनमा रहेका कार्यक्रमको निरन्तर सूचकमा आधारित रहेर अनुगमन मूल्याँकन गर्ने, मूल्याँकनबाट प्राप्त सुझावको कार्यान्वयन गर्ने, संगठनमा दण्ड र पुरस्कारलाई प्रभावकारी बनाउने र सोहि अनुसार कार्यसम्पादन मूल्याँकन गर्ने र सबैभन्दा ठूलो विषय कार्यान्वयनमा इमान्दारिता हो। त्यो सरकारी कर्मचारी र सरकारी काममा प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुने निजी क्षेत्रसँग पनि हुनु पर्दछ। यति गर्न सकिएमा विकास निर्माणलाई समयमा सम्पन्न गर्न र बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउन सकिन्छ भन्ने लाग्छ।

Leave a Comment