म्याग्दीमा पक्की सडकमा कच्चीभन्दा महँगो भाडा लिइएको गुनासोपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भाडा निर्धारणका लागि उपसमिति गठन भएको छ । जिल्लाभित्र कलोपत्रे र ढलान तथा कच्ची सडकमा नयाँ भाडादर कायम गर्न सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन भएको हो ।
उपसमितिको सदस्यमा यातायात ब्यवस्था कार्यालय बागलुङका दिपक शर्मा, जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसी,पूर्वाधार कार्यालय म्याग्दीका रबिन चोखाल, क्षेत्रीय यातायात ब्यवसायी लालबहादुर थापा,यातायात ब्यवसायी देबेन्द्र पौडेल,भोजबहादुर थापा रहनुभएको छ ।
उपसमितिले जिल्लाभित्रको सडक सञ्जालको अवस्था, अहिले यातायात ब्यवसायीले लिने गरेको भाडा, अब तोकिने भाडादरको प्रारम्भीक छलफल समेत गरेको छ। सदरमुकाम बेनी तथा जिल्लाभित्रका विभिन्न रुटमा यात्रु बोक्ने सवारीासधनले लिने भाडा र स्थानीय तहसँगको समन्वयमा भाडादर कायम गर्ने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताउनुभयो ।
उपसमितिले गण्डकी प्रदेश, प्रदेश सवारी तथा यातायात ब्यवस्था ऐन२०७६ को दफा १ ८७ को अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकमार्फत कालोपत्रे, ढलान र कच्ची सडकको नयाँ भाडादर कायम गरिने छ । नयाँ भाडादर कायम गर्ने यसै साता बैठक बस्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभित्र सञ्चालिन बस, जिप,टयाक्सी र टेम्पुको भाडाका बारेमा यात्रुले गुनासो गर्ने गरेका छन् । म्याग्दीमा बि.स २०८० साल जेठ ५ गते तोकिएको भाडादर नै जिल्लामा कायम छ ।