निर्मल खत्री
असार २६ गते साझा ८ बजेतिर मेरो फोनको घण्टी बज्यो ! फोन उठाउनलाई केही समय लाग्यो । फोनमा हेर्दा प्रिय साथी सागर भटराईको नम्वर देखे र फोन उठाईहाले ! साथिको योजना रहेछ दामोदरकुण्डको धार्मिक यात्रा गर्ने !संगै मलाई पनि लैजाने ।
फोन उठाउने बितिकै साथीले म भोली बिहान ५ बजे पर्वतबाट हिडदैछु ल।महिले भने हस् बिहान भेटौला । फेरी बेनी बजार सम्म होईन अलि माथि मुस्ताङ्खसम्म पुगेर फर्किनु पर्ने छ । तपाईपनि जानु पर्ने छ अलि न्यानो कपडाहरु राखेर तयारी भएर बस्नुहोला । पंतिकार सोच्दै छ मुत्तिनाथ सम्म पुगेर फर्किने होला जाउन त भनेर रातिको दश बजे बिहान साथिलाई स्वागत गर्नु पर्ला सोच्दै निदाउछ । बिहान सात बजे साथि सागर बेनी पंतिकारको पसलमा आईपुग्छन र यात्रा प्रारम्भ हुन्छ मुस्ताङको।

बेनीबाट सुरु भएको हाम्रो यात्रा तिप्लाङमा पुगेर बिहानको नास्तामा तरकारी दुनोट खाएर पुन अगाडी बढ्यो बेनी जोमसोमक सडका बिचमा पर्ने वारी पारीका बिभिन्न मनोरम दृश्यहरु अवलोकन गर्दै केही समय अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा तस्विर लिदै बितायौ । पुन हाम्रो यात्रा सुरु भएको केही समयमै म्याग्दीको सिमाना काभ्रेभिर पार गरि हिमालपारीको जिल्ला मुस्ताङ पुगियो । मौसम पनि निकै सफा भएकोले लेते कालापानिबाट देखिएको हिमशृखलाका दृश्यहरुले हामिलाई मोहित तुल्यायो ।
जब हामी दुबै जना बेनी देखि जोमसोमको ८६ किलोमिटर पार गरि जोमसोम पुगियो हामिलाई जोमसोममा अन्य ६ जना साथीहरु कुरिरहनु भएको रहेछ । जब म जोमसोम पुगे बल्ल मलाई थाहा भयो कि हाम्रो यात्राको गन्तव्य रहेछ धार्मिक तिर्थ स्थल दामोदरकुण्ड ।

जोमसोममा सागर जिका साथिहरु संजय कोइराला, प्रेम पौडेल, किसान पौडेल, सविन पौडेल, रमेश बलायर र रविन गुरुङ खाना बनाएर पर्खिरहेका रहेछन सोही क्रममा मेरो पनि सबैसंग चिनापरिचय भयो ।

सबै जना दामोदरकुण्ड यात्राको लागि तयारी भएर हामिलाई पर्खिरहे र हामी पुग्नेबितिकै सबैले सगै संजय कोईरालाकोमा खाना खायौ सबै आवश्यक पर्ने सामाग्री तयार पारेर हामी जोमसोम बाट अगाडी बढ्नै लाग्दा मेरो पुरानो साथि महेन्द्र थकालीलार्य पनि भेटघाट भयो धेरैनै माथिको यात्रा भएकोेले र महेन्द्र पहिलानै पुगिसकेकोले उनिसंग दामोदरकुण्ड जाने बेलाका केही अनुभवहरु सुन्यौ उनका सल्लाह अनुुसारका सामग्री थप गरि अगाडी बढौ । नयाँ बाटो नयाँ अनुभवको साथमा सागर भटराई,पंतिकार र किसान पौडेल सागरको गाडीमा अन्य साथीहरु अर्को गाडीमा हाम्रो यात्रा सुरु भयो दामोदरकुण्ड तर्फ ।

खुल्ला बाटो तर सागर जिको पहिलो डाईभको अनुभव भएकोले हामि बिस्तारै गयौ रबिन गुरुङले चलाएको गाडि रप्तारमा थियो तर बिचबिचमा रोकिदै मुस्ताङको बिभिन्न ठाउँहरुको अवलोकन गर्दे तस्विर खिच्दै करिव दुई घण्टा ३० मिनेटको यात्रा पछि हामी चराङ गाउँ पुगियो जुन मुस्ताङ जिल्लाको दामोदरकुण्डको नामले बनेको पालिकाको केन्द्र पनि रहेको छ ।
लो घेकर दामोदरकुण्ड गाउँपालिका । सोही ठाउँको लुम्बिनी रेष्टुरेन्टमा खाजा खाएर बाटोमा खाने केही सामग्री किनमेल गरि हामि चराङबाट लोमान्थाङ कोरला सडक छाडेर दाया तर्फ लाग्यौ ५०० मिटर अगाडि बढे पछि कालिगण्डकीका ढी गाउँजाने बाटो छाडेर पुन दाया तर्फनै लाग्यौ कालिगण्डकी नजिकै खोलामै गाडि कुदिरहेको छ वारीपारि पुरै हिउले बनाएका पहाडका मनोरम दृश्यहरु हेर्दै आफ्ना क्यामेरामा तस्विर भिडियो कैद गदै अगाडि बढियो ।
लो घेकर दामोदरकुण्ड गाउँपालिका वडा नम्वर ५ मा पर्ने सबै भन्दा माथिल्लो गाउँ ध्ये, ताङ्ग्या रहेछ त्यसलाई छाडेर हामी ४ नम्वर वडाको सुर्खाङ, यारा, घाराघारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ ।घारा गाउँको अन्तिममा यस क्षेत्रकै बौद्ध धर्मलम्बीहरुको प्रख्यात लुरी गुम्बा रहेको छ ।

गुम्बामा प्रसिद्ध ध्रर्मगुरु आउन लागेकोले स्वागतको ब्यापक तयारी समेत थियो । गुम्बाबाट २० मिनेटगाडीको यात्रा पछि हामि पुगियो गाडीको यात्रालाई बिट मार्ने नौउजोम डाडामा । घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले धेरै जस्तो भक्तजन यारा–घाराबाट घोडाको यात्रा गर्ने पनि गर्दछन् । गाडिलाई दुईदिन सम्मको लागि त्यही ब्यवस्थापन गरि आ–आफना सामान बोकेर सुरु भयो पैदल यात्रा ! पहिलो दिन नौउजोम डाडाबाट करिव एक घण्टाको हिडाई पछि पुगिन्छ पहिलो दिनको आश्रय स्थल घिमीठाँटी ।
घिमिठाँटी हामीहरु पुग्दा केही तिर्थयात्रीहरु पहिलै पुगिसकेका थिए भने केही दामोदरकुण्ड पुगेर फर्किएका यात्रीहरुसंग भेटघाट भयो पुगेर आएका केही ब्यक्तिहरुका कुराह्रु सुनियो आएका सबै साथिहरु मिले खाना बनाउन तर्फ लागियो हाम्रा केही साथीहरु तरकारी केलाउन लागे भने रबिन गुरुङले भान्सा समाले खाना खाएपछि केही रमाईला कुरा गदै बिहान छिटै उठ्ने सल्लाहका साथ पहिलो दिन घिमिठाँटीमा बिश्राम गरियो ।
द्रोस्रो दिन
बिहान पाचँ बजे देखिनै सबैजना उठ्ने उकाली ओराली कसरी हिड्ने कुराकानी भएको थियो ।तर सबैजनालाई घोडाको ब्यवस्था गरिएको थियो । घिमिठाँटीबाट ५२ सय र दुधखोलाबाट ५७ सय मिटर जानकोलागि कठिन उकाली रहेकोले उकालीमा घोडा र ओरालीमा पैदल हुदै दामोदरकुण्ड पुगिन्छ ।

घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन यारा–घाराबाट घोडाको यात्रा गर्दछन् । दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले जानकारी गराए । यारा र घारामा एक घरमा तिन देखि ८ वटा सम्म घोडा छन सबै जना मिलेर तिर्थयात्रीहरुलाई घोडामा लैजाने ल्याउने गर्दछन ।

पंतिmकारको अनुभवमा सायदनै घिमिठाटीबाट दामोदरकुण्ड हिडेर जानु नै मुर्खता हो जस्तो लाग्छ । हाम्रो टोलीले त्यो मुर्खता गर्ने आट गरिएन । एक दुई हिडेरै पुगेको पनि अनुभव सुनियो र देखियो पनि।

बिहान सात बजे नै साथीहरुले खाना बनाईसकेका थिए सबै जनाले आफ्नो बिहानी नृत्यकर्म सकेपछि भात, बन्दा,सोयाविन र गुन्द्रुकको तरकारी त्यो पनि टिमुर हालेको झोलसंग बिहानीको खाना खाएर तयारी भयौ पेमा दाई लगायतका तिन जनाले ८ वटा घोडालाई दाना खुवाएर तयारी अवस्थामा थिए ठिक सात तिस बजे घोडामा हाम्रो उकाली यात्रा सुरु भयो ।
केही साथिहरुको घोडा चडेको पुरानो अनुभव रहेछ भने म लगायत केही साथीहरु नयाँ अनुभव लिने मौका मिलि रहेको थियो तर घोडा त्यसमा उकाली कहाली लाग्दो भिरकोबाटो मनको कुनामा डर कतै……. ! यसको करिव २ घण्टाको घोडाको यात्रामा पुगियो ५२ सय जहाँ पुग्दा चिसो हावा समथर भुभाग लोभलाग्दा दृश्यहरु अवलोकन गर्ने अवसर मिल्यो तर लेक लाग्ने हुनाले पेमा गुरुङले धेरै समय नबसनको लागि आग्रह गरिरहेका थिए । तर पनि ठाउँ हेर्दा जानै मन नलाग्ने अदृश्य थियो सबै जना आ–आफ्नो क्यामेरामा तस्विर कैद गरेर पुन करिव एक घण्टा ३० मिनेटको लागि पैदल ओराली लागियो ।

केही हिड्न सक्ने साथिहरु अगाडी बढे केही बिस्तारै हिड्दै पछिपछि घोडाका ति बथान रमाउदै पुन ५२ सय बाट फेरी ४७ सय मिटर तल स्थानिय भाषा (भार्से खोला) दुध खोला पुगियो सो खोला घिमिठाटीबाट जाने र दामोदरकुण्डबाट फर्किनेको बिचमा रहेको छ ।

यहाँ पुग्दा आधाबाटो पुगियो । आउने जाने दुबै तिरका तिर्थयात्रीहरुले सोही खोलामा बसी खोलाको चिसो पानी संगै लगेका खाजाका पोका फुकाउने गर्दछन,हामीहरुले पनि लगेका खाजाहरु खायौ र करिव ३० मिनेट ओरालो हिडाईको थकान मेटायौ, पुन फेरी सुरु भयो ५७ सय मिटरको लागि घोडामा उकालो यात्रा ! करिव साढे दुई घण्टाको घोडाको यात्रा पछि पुगियो ५७ सय मिटर माथि डाडाँमा धेरै साथिहरुको फोनको ब्याट्री सकिएको थियो सिमसिम पानि पनि परेको र लेक लाग्ने हुनाले हामी छिटो भन्दा छिटो दामोदरकुण्ड पुग्ने निदो गरौ र पुन फेरी एक घण्टा ३० मिनेटको ओरालो झ¥यौ ।

जब दामोदरकुण्ड पुग्नै लागियो त्यो मरभूमि जस्तो बालुवा नै वालुवाको पहाडबाट कुशको हरियालीमा पुग्दा मन त्यसै प्रफुल्ल भयो ।कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदियो सबै जना हरियाली प्रकृति संग रमाउदै चिसो मौसममा तातोपानीलाई चुस्की लगाउदै दृश्य अवलोकनमा लोभियौ । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुण्डको उपत्यका सुन्दर र मनमोहक थियो ।
केही साथीहरुलाई लेक लागे जस्तोपनि भएको टाउको दुखेकोले आराम गर्नु भयो । सोहीदिन करिव ४३ जना यात्रीहरु दामोदरकुण्डको धर्मशालामा पुग्नु भएको थियो । हामी दिउसो तिन बजे तिरै पुगेकोले पुजा आजा तेस्रो दिन बिहान गर्ने भने पनि सोही दिन कालिगण्डकीको शिर सम्म पुगेर शालिग्राम खोज्ने निर्णय गरि पुन मुहान तर्फ लागियो सबै साथीहरुले शालिग्राम पाएर मन प्र्रफुल्ल पार्दे पुन धर्मशाला फर्कियौ ।

धर्मशालाका कर्मचारी थन्डु गुरुङले आर्थिक र जनशक्ति अभावका कारण धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताए । दिनको करिव ३० देखि ५० जना सम्म तिर्थयात्री आउने गरेको उनले बताए । गुरुङ्खका कुराकानी सुन्दै साझाको खानाको तयारीको लागि जुट्यौ प्रेम पौडेल लगायतका साथीहरु तरकारीको तयारीमा लाग्नु भयो म पंक्तिकार खाना बनाउन तर्फ लागे र भान्सा तयार गरेर सोही दिन पुगेका ४३ जना तिर्थयात्रीहरुलाई खाना बनाएर खाना दिने काम सम्पन्न गरियो । तेस्रो दिन बिहानै घामको पहिलो किरणसंगै सबैजनाले दामोदरकुण्डको धारामा स्नान गरि चक्र कुण्ड र दुध कुण्डको बिचमा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डको मन्दिरमा पुजाआज सोही बाटो हुदै करिव ७ घण्टाको घोडा र पैदल यात्रा गरि घिमिठाँटी फर्कियौ ।

दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा तिन वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएकोरहेछ ।
दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ घोडामार्फत दामोदरकुण्ड लाने ल्याउने गरेका पेमा गुरुङ्खले भने,घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन ।

आवासका साथै सञ्चारको पनि असुविधा रहेको उनको भनाई छ ।‘देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न पनि समस्या भएको उनले बताए । हामिले वडा, गाउँपालिका प्रदेश सरकार संघिय सरकारमा समेत यावत समस्याहरुको बारेमा जानकारी गराएका छौ,र सरकारले यसको छिटै पहलकदमी लिनेमा आशाबादि रहको गुरुङ्खको भनाई छ ।
मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुन्छ । पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसैंका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ । कुण्ड वरिपरि कुशको हरियाली छ ।