---Advertisement---

‘एक्कासी घरमाथि पहिरो खस्यो’

On: July 16, 2025 8:04 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालका–४गाडपारकी ७२ बर्षिया सिता र श्रीमान सुकबहादुर फगामीलाई छोरा मन बहादुरले पहिरोको जोखिम भएकाले घरमा आउन अनुरोध गर्नुभएको थियो । छोरालाई साउने संक्रान्तीमा विहानै आउने बाचा गर्नुभएको थियो ।

असार महिनाको दुईतिन दिन घरमै बस्ने, साउन महिनाको १ गते नै तल आउने सिताको बाचा भने पूरा हुन पाएन। दुई दिनदेखि घरमाथिबाट सानो–सानो ढुंगा खसिरहेको घरमाथिबाट बुधबार विहान एक्कासी पहिरो खसेपछि सिताको घटनास्थलमै ज्यान गयो । विहान खाना खाने समयमा पहिरो आएपछि सितालाई जोगाउन निकै प्रयास गरेपनि श्रीमान सुकबहादुरको प्रयास असफल भयो ।


सिता पहिरोको आवाज आउँदा वित्तिकै घरबाट भाग्न नसकेको प्रहरीको प्रारम्भीम अनुसन्धानले जनाएको छ ।एक्कासी माथिबाट ठूलो पहिरो खसेको थियो । पहिरोमा श्रीमति सिता च्यापिएपछि सुकबहादुर नजिकैको सानो ओडारमा गएर ज्यान जोगाउनुभयो ।‘सानो ढुंगा खसिरहेको थियो,आज एक्कासी ठूलो पहिरो आयो,मैले जोगाउन खोजेपनि सकिन,उनी पहिरोमा पुरिएपछि मैले ज्यान जोगाए’’सुकबहादुरले स्थानीयलाई भनेको भनाई उद्धित गदैं गाउँपालिका उपाध्यक्ष दिबाकुमारी पुन तिलिजाले बताउनुभयो।

घटनास्थलमा दिनभरी ढुंगा खसिरहेको थियो । पहिरोस्थलमा ज्यान गुमाउनुभएकी सिताको शब मुचुल्का तथा थप जानकारीका लागि प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुथ्नुभएको थियो । पहिरोले गाडपार क्षेत्रको तल्लो बस्ती समेत जोखिम भएकाले सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

Leave a Comment