---Advertisement---

‘सनातन धर्ममा गौ विषयक बक्तृत्वकला हुँदै’

On: July 17, 2025 5:42 PM
Follow Us:


यही साउन ४ गते सनातन धर्ममा गौ विषयक बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सनातन गौ संरक्षाण समिति युएइको आयोजनामा हुने उक्त प्रतियोगितामा विद्यालय तहका कक्षा ७ देखि १० सम्म अध्ययनरत तथा गत शैक्षिकसत्रमा एसइइ परिक्षामा सहभागी विद्यार्थीले पनि सहभागिता जनाउन पाइने आयोजकले जनाएको छ ।


विद्युतीय माध्यमबाट हुने उक्त प्रतियोगितामा भर्चुअल माध्यमबाटै सहभागीले आफ्नो कला प्रस्तुत गर्न पर्ने छ । सन २०२२ देखि सुरु भएको सनातन गौ संरक्षण अभियान युएइले धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । सनातन गौ संरक्षण अभियानल युएईले मुख्य रुपमा गौ संरक्षणलाइ नै महत्व दिएको भए पनि गुरुकुलिय शिक्षा र यसको महत्वलाइ पनि वकालत गर्ने तर्फ पनि ध्यान दिने गरेको छ ।


संयुक्त अरब इमरेस्ट९युएइ०लाइ कर्मथलो बनाएका सनतानी नेपालीहरुले नेपालका हिमाल पहाड र तराइमा पाइने कामधेनु वंशका गौमाताहरुको संरक्षण र सनातन पद्धतिको आधारमा गुरुकुलहरुको टेवा पुर्याउने उद्देश्य सहित अभियानको थालनि गरिएको थियो ।
सनातनगौसंरक्षण अभियानयुएईलेआयोजनागरेकोवक्तृत्त्वकला प्रतियोगितामा सहभागी हुनेले मिनेटमा आफ्नो प्रस्तुति राख्नु पर्ने जनाएको छ ।

साउन ४ गते आइतबार हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार द्वितीयलाई ११ हजार,तृतीय हुनेलाई सात हजार र सान्त्वना पुरस्कार स्वरूप पाँच जनालाइ जनही एकएक हजार तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका बिष्णु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Leave a Comment