---Advertisement---

बेनी नगरपालिकामा यातायातको भाडा घट्यो (भाडादर सहित)

On: July 18, 2025 3:28 PM
Follow Us:

बेनी नगरपालिकामा नयाँ भाडादर लागु भएको छ । नगरभित्रको कालोपत्रे र ढलान सडकमा यातायात ब्यवसायीले कच्चीभन्दा दोब्बर भाडा लिने गरेको पाइएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले नगरपालिकाको भाडा टुंगाएको हो । बैठकमा नगर प्रमुख सुरत केसीले नगरभित्र सञ्चालित बस, जीप, टम्पुको नयाँ भाडादर कायम गरिएको बताउनुभयो ।


जिल्लाका अन्य पालिकाले एक साताको समय माग गरेको अवस्थामा नगर प्रमुख केसीले बैठकमा प्रस्ताव गरिएको भाडादर नगरपालिकाले विभिन्न चरणमा छलफल गरेपछि तय गरिएको बताउनुभयो । नगरपालिका भित्र कालोपत्रे र ढलान गरिएको सडकमा कच्चीको भन्दा बढी भाडा लिने यातायात ब्यवसायीलाई कानुनी कारवाहीका लागि समेत सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ ।

भाडादर निर्धारण समितिले अनुमोदन गरेको भाडादरमा कालोपत्रे सडकमा आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ । नगरपालिकाले कायम भएको भाडा लागु नगर्नेलाई सरकारी निकायमा कारवाहीका लागि सहयोग गर्ने जनाएको छ । तोकिएको भाडा सबै यात्रुले देख्ने गरी सवारीसाधनभित्र टाँस गर्नुपर्ने छ । यसैबीच क्षमताभन्दा बढी यात्रु बोक्न नपाइने, हरेक यात्रुलाई भाडाका बारेमा जानकारी गराउनुपर्ने छ ।

यता तोकिएको भन्दा महंगो भाडा लिएमा यात्रुलाई सवारीसाधनको नम्बर सहित तस्वीर खिचेर पठाउन समेत अनुरोध गरिएको छ । नगरपालिका भित्र कालोपत्रे भएको सडकमा समेत चर्को भाडाका बारेमा जनस्तरबाट चर्को विरोध समेत रहेको थियो ।

Leave a Comment