---Advertisement---

कतारमा नवोदित पत्रकार सम्मानबाट पौडेल सम्मानित

On: July 19, 2025 3:31 PM
Follow Us:

वैदेशिक रोजगारीका लागी कतारलाई दुई दशक देखी कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् ।

शुक्रवार सम्पन्न नवोदित साहित्यिक वाचनालय कतारको सत्रौँ अधिवेशन, ११२ औ भानु जयन्ती, नवोदित कृति अवार्ड र कृति विमोचनसहित अनेसास नवोदितको १६० औ वाचन डबली मार्फत पौडेल “नवोदित पत्रकार सम्मान” मार्फत सम्मानित भएका हुन ।

वाचनालयका भूतपूर्व महासचिव तथा आजीवन सदस्य समेत रहेका पौडेललाई संस्थाले आयोजना गरेका विविध गतिविधिलाई सञ्चारको माध्यमबाट अतुलनीय योगदानको पुराएको भन्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मान पश्रांत पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।

म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका पौडेल हाल काठमान्डौबाट प्रकाशित हुने मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध छन् । कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रूपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन् ।

Leave a Comment