---Advertisement---

७५ वर्षीया वृद्धा चन्द्रकला भण्डारी एक सातादेखि बेपत्ता

On: July 20, 2025 6:54 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–१०,पाल्लेखेत भण्डारी चोककी ७५ बर्षिया चन्द्रकला भण्डारी आफ्नै घरबाट हराउनुभएको छ । गत असार २८ गते शनिबारबाट बेपत्ता हुनुभएको बृद्धा चन्दकलाको एक साता वितिसक्दा समेत अत्तोपत्तो नभएको छोरा सुरत भण्डारीले बताउनुभयो ।


घरबाट बेपत्ता भएलगत्तै खोजीकार्य गरेपनि फेला पार्न नसकेपछि प्रहरीमार्फत खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको छ । वृद्ध आमा हराएपछि जानसक्ने सम्भावित स्थानमा खोजी गरेको छोरा सुरतले बताउनुभयो ।

पाल्लेखेत, घतान, तोरीपानी सहित बेनी नगरपालिकाभित्र र बेनीबजारसँगै छिमेकी रघुगंगा गाउँपालिका वडा नं ५ झिँ गाउँमा समेत खोजी गरिएको थियो ।

बेपत्ता चन्द्रकलाका छोरा सुरतले कतै देखेमा निम्न ९८४७६५२१०० वा ९८५७६४०९६२ नम्बरमा सम्पर्कका लागि अनुरोध समेत गर्नुभएको छ ।

Leave a Comment